सम्पर्क

ब्रेकिङ न्युज १

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

ब्रेकिङ न्युज १, समाचार
स्थानीय निर्वाचन नजिकिदै जादाँ निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ । दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्य...

माओवादी कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि कुटपिट

ब्रेकिङ न्युज १, राजनिती, समाचार
चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले भोट माग्न नपाउने भन्दै काँग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट भएको छ । निर्वाचनको दौडानमा बिहीबार घरदैलो कार्यक्रम सकेर आराम गरी बसेका काँग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले सल्लाह गर्नु छ भन्दै बोलाएर कुटपिट गरेको घाइते कुमार तामाङले बताउनुभयो । बलेफी गाउँपालिका–५ माओवादी वडाअध्यक्ष रामबहादुर तामाङ र रमेश तामाङको नेतृत्वका २० जना समूहले सल्लाह गर्नु छ भनेर बोलाई काँग्रेसलाई भोट नमाग्न दबाब दिंदै कुटपिट गरेको कुमारले आरोप छ । बियरको बोतल, ढुङ्गा, लाठी प्रयोग गरी कुटपिट गरेको अर्का घाइते खड्गबहादुर तामाङले बताउनुुभयो । काँग्रेस कार्यकर्ता बयानबहादुर तामाङ, सुवास तामाङ कुटपिटबाट घाइते भएका छन् । कुटपिटबाट घाइतेको नजिकैको अस्पताल उपचार सु...

नायीका श्वेता काँग्रेसमा प्रवेश लगत्तै भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्नेे घोषणा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
मंगलबार विहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेस प्रबेश गर्नु भए पछी नायीका श्वेता खड्काले साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत आफू राजनीतिमा आउनुको र कांग्रेस नै रोज्नुको कारण खुलाउँदै कांग्रेससँग पारिवारिक लिगेसी जोडिएको, सिद्धान्त मनपरेकाले प्रवेश गरेको बताउँनु भएको छ । उहाँले राजनीतिमा लागेर समाजसेवालाई सक्रिय रुपमा अगाडि बढाउने र अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्ने अभियानमा सक्रिय रहने घोषणा समेत गर्नु भएको छ । उँहाले कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आव...

राप्रपा उमेद्वार द्धारा गौरातीमा कसम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपालचोक जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राष्टीय प्रजातन्त्र पाटीका उमेदवार हरुले भ्रष्टचार नगर्ने प्रतिबद्धता सहीत कसम खाएर चुनाबी प्रचार प्रसारमा लागेका छन । सम्बैधानकि राजतन्त्र र हिन्दुराष्ट स्थपनाको माग गर्दै आएको राप्रपाको केन्द्रीय सदस्य एस्मीन ढुङ्गना र पुर्ब केन्द्रीय सदस्य पुस्कर ढुङ्गेलको रोहबरमा चौतारा साँगाचोकगढी नगरपालीकाका नगर प्रमुख उपप्रमुख र वडाका उमेद्वारहरुले कसम खानु भएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला भएर राप्रपाले आफ्ना पार्टीको तर्फबाट स्थानीय निर्वाचनको उम्मेदवार बनाएइकाहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको राष्टी प्रजातन्त्र पाटी क्षेत्र नं २ प्रदेस क का उपाध्यक्ष मदन केसी ले जानकारी दिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य एस्मीन ढुङ्गनाले राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्...

शुरुभयोआइतमान र कुमारीको चुनाबी प्रचार

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीकामा नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती राप्रपाका २ नं क्षत्रीय अध्यक्ष कुमारी तामाङ्ग सयुक्त रुपमा रुख र हलो चिन्हमा मत माग्ने अभियानमा लाग्नु भएको छ । नेपाली काग्रेसले उपमेयरका लागी कुमारी तामाङ्गलाइ समर्थन गर्ने र राप्रपाले आइतमान तामाङ्गलाइ मेयरमा समर्थन गर्दै दुबै एक भयर निर्बाचन प्रसारमा लाग्नु भएको हो । उँहारुले मेलम्चीमा भ्रष्टचार हुन नदीने प्रतिबद्धता सहीत लाग्नु भएको छ । मत माग्ने क्रममा नेपाली काँग्रेसका क्षत्रीय सभापती समेत रहनुभएका तामाङ्गले ७बँदे प्रतिबद्धता प्रस्तुत गर्नु भएको छ भने कुमारी तामाङ्गले पनी सोही प्रतिबद्धतालाइ समर्थन गर्दै मेयरमा आइतमान र उपमेयरमा आफुलाइ मत दिएर जिताउँन आग्रह गर्नु भयो ।  ...

२ सभापती बिच सहमती उम्मेदवारी फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकमा स्थानिय तह निर्वाचनमा मेलम्ची नगरपालकिामा २ क्षेत्रीय सभापती बिच एकताको सहमती भएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती आइतमान तामाङ्ग र राष्टीय प्रजातन्त्र पाटीका क्षेत्रीय अध्यक्ष कुमारी तामाङ्ग बिच निर्बाचनमा एकता को सहमती भएको हो । नगर प्रमुखमा आइतमान र उपप्रमुखमा कुमारीलाइ जिताउँनका लागी नेपाली काग्रेसबाट उपमेयरमा दिएको उम्मेदवारी र राप्रपाबाट मेयरमा दिएको उम्मेदवारी फिर्ता समेत भइ सकेको छ । राप्रपाबाट प्रमुखका उमेदवार शेष बहादुर तामाङ र काङ्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता गर्नु भएको हो । सुनकोशी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको कारण नेकपा माओवादीका अध्यक्ष पदका उम्मेद््वार कृष्ण कुमारी कुवँर, नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी मन्जु नेपाल भण्डारी सहित केही वडाध्यक्ष र सदस्यहरुले मनोनयन फिर्ता लि...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिव ३ बजे मेलम्ची नगरपालिका वडा नम्बर १२ फड्केश्वरमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा काभ्रे मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का ४४ बर्षिय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । बा ७४ प ७४८२ नम्बर २२० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने घटना स्थलबाट प्रहरी सहायक निरिक्षक सुरज थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा

ब्रेकिङ न्युज १, समाचार
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहिबार एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत् रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ । रासस...

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने

ब्रेकिङ न्युज १, समाचार
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिनुभयो । उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । रासस  ...

सिन्धु माओबादीमा ठुलै पहीरो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकका धेरै नेताहरुले नेकपा माओबादी परित्याग गरेका छन । बिशेष गरि पाटी नेतृत्वले कार्यकर्ताको भावना समेट्न नसके पछी अलग हुन परेको पाटी परित्याग गरेका हरुले प्रयोग गरेको सामाजीक सञ्जाल मार्फत जानकारी हुन आएको छ । यसरी पाटी परित्याग गर्ने हस्तीहरुमा चौतारा साँगाचोकगढी नगरपालीकाका पुर्ब मेयर अमान सिहं तामाङ्ग,वडा अध्यक्ष हरु शेर बहादुर श्रेष्ठ, उमा प्रसाद दुलाल,त्यसै गरी भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा पाटी इन्चार्ज आङ्गछिरिङ्ग शेर्पा गाँउ कमिटीका अध्यक्ष लाक्पा शेर्पा लगाएतले पाटी छोडेको घोषणा गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष समेत रहनु भएका माओबादीका शेर बहादुर श्रेष्ठले सामाजीक सञ्जाल मा ३३ बर्ष लामो जनमोर्चा हुंदै माओवादी केन्द्र सम्मनको सम्बन्ध बिच्छेद भएको घोषणा गरीयो र आफु स्वतन्त्र रुपमा बस्ने निर्णय पनी गरीयोभन्दै यतिन्जेल सम्मन...