सम्पर्क

सिन्धु माओबादीमा ठुलै पहीरो

सिन्धुपाल्चोकका धेरै नेताहरुले नेकपा माओबादी परित्याग गरेका छन । बिशेष गरि पाटी नेतृत्वले कार्यकर्ताको भावना समेट्न नसके पछी अलग हुन परेको पाटी परित्याग गरेका हरुले प्रयोग गरेको सामाजीक सञ्जाल मार्फत जानकारी हुन आएको छ । यसरी पाटी परित्याग गर्ने हस्तीहरुमा चौतारा साँगाचोकगढी नगरपालीकाका पुर्ब मेयर अमान सिहं तामाङ्ग,वडा अध्यक्ष हरु शेर बहादुर श्रेष्ठ, उमा प्रसाद दुलाल,त्यसै गरी भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा पाटी इन्चार्ज आङ्गछिरिङ्ग शेर्पा गाँउ कमिटीका अध्यक्ष लाक्पा शेर्पा लगाएतले पाटी छोडेको घोषणा गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष समेत रहनु भएका माओबादीका शेर बहादुर श्रेष्ठले सामाजीक सञ्जाल मा ३३ बर्ष लामो जनमोर्चा हुंदै माओवादी केन्द्र सम्मनको सम्बन्ध बिच्छेद भएको घोषणा गरीयो र आफु स्वतन्त्र रुपमा बस्ने निर्णय पनी गरीयोभन्दै यतिन्जेल सम्मन साथ र सहयोग दिनुहुने सम्पुर्ण मा हार्हिक धन्यवाद भन्नु भएको छ । यसै गरी वडा नं ७का वडाअध्यक्ष समेत रहनु भएका उमा प्रसाद दुलालले पनी पार्टीको नीति निर्णय मा आफू लाई समावेश गरिँदैन भने बिना काम काजिको नगरसमितीमा पदाधिकारि बस्नुभन्दा राजिनामा दिनु नै बेस भन्नु भएको छ ।