सम्पर्क

ब्रेकिङ न्युज १

भुकम्प स्मारक भृकुटी पार्कको अध्यक्ष नेपालद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको नवलपुर बजारमा भुकम्प स्मारक भृकुटी पार्क निर्माण भएको छ । नवनिर्मित उक्त भुकम्प स्मारक भृकुटी पार्कको इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । शनिबार एक कार्यक्रमका बिच सो पार्कको उद्घाटन उद्घाटन गर्नु हुँदै अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाउनुका साथै यस गाँउपालिकाको मात्र नभएर सिन्धुपाल्चोककै इतिहासको संरक्षण हुने बताउँनु भयो । उँहाले यस्ता खालका इतीहाँस बोकेको स्थान र त्यँहाको सम्झनामा बनाइने भौतिक का कारण पछील्ला पुस्तालाइ समेत यतीहाँस कागजमा मात्र नभइ ब्यबहारमा समेत भएको देखीने बताउँनु भयो । यसको संरक्षण गर्नका लागी यहाँका बासिन्दा र गाउँपालिकालेसंरक्षण गर्न सबै लागि पर्नु पर्ने बताउनुभयो । हाल इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा ढुङ्गा थियो त्यँहा फलामको ...

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसले भदौ१० गते देखी ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्ने भएको छनेपाली कांग्रेसद्वारा २०७९ भाद्र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता प्रकाशस।ण महत द्धारा वितरित प्रेस विज्ञप्ति उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म हुने ,दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि हुने जनाइउको छ । बिज्ञेप्तीमा अभियानको चार उद्देश्य रहेको जनाइएको छ । जसमा १) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने २) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । ...

कांग्रेस कोइराला पक्षको सभा काठमाण्डौमा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौं । सस्थापन पक्ष सँग असुन्तुष्ट बनेका नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले न्यायोचित हिस्सेदारीको माग गर्दैखबरदारी सभा गरेको छ । कोइराला पक्षहरुले काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु ले सभापति देउवा को कार्यशैली प्रती असन्तुष्ट जनाउँदै नेताहरुले भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने बताउँदै सभा सम्पन्न भएको छ ।केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएको भन्दै सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ भनी प्रशन गर्दै न्यायोचित नभएको बताउँनु भयो । सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमे...

व्यावसायिक जनशक्ति उत्पादन गर्न प्रहरी महानिरीक्षक सिंह को जोड , बिभिन्न आरोपीतहरु पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत दिन...

बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरीका चालु आर्थिक वर्ष २०७९।०८०मा जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाई प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मङ्गलबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्र÷लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप÷सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७...

पहीरो पिडीतलाइ रेडक्रसको सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास लाइ नेपाल रेडक्रससोसाइटीले तत्काल राहत सामाग्री सहयोग गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिका कोदारीमा पहिरोको कारण विस्थापितका लागिउक्त राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका भरत प्रसाद कोइरालाले जानकारी दिनु भयो ।उँहाका अनुसारनेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत ९नंम्बर वडाअध्यक्ष बिमल श्रेष्ठ मार्फतपीडितलाई प्रदान गरिएको हो । कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको पहिरोको कारण विस्थापित भएकाहरुलाई १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख कोईरा...

नागरिकता बिधेयक फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
बिगत लामो समय देखी बिबादमा रहेको नागरिकता बिधेयक फिर्ता भएको छ । नेपालमा सघींयता लागु भए देखी नै नागरिकता बिधेयक ससंदमा पेश गर्न माग भइ रहेको थियो । तर बर्तामान सरकारले यो बिधेयकलाइअगाडी बढाएर राष्ट्रपति समक्ष प्रमाणीकरणका लागी पेश गरे पनी राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको राष्ट्रपति को कार्यलय बाट जारी विज्ञप्तिमा उल्लेख छ । नागरिकता विधेयक संसदले पास गरेसँगै नागरिकता पाउनबाट वञ्चित भएका नागरिक नागरिकता पाउने आशामा थिए । तर कतिपयले भने सरकारले नागरिकताजस्तो विषयलाई निकै सहज बनाएको भन्दै यसले राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने तर्क गर्दै आएका थिए । साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले...

जनैपूर्णिमामा सिन्धुपाल्चोकको धार्मिक स्थलमा दर्शनार्थीहरु घुईचो

ब्रेकिङ न्युज १, समाचार
विपना तामाङ (गोले) सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थलहरुमा हजारौ भक्तजनहरुले मेला भरेका छन् । सिन्धुपाल्चोकको पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा रहेको पाँचपोखरी रैथाने पोखरी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने नौलिङेश्वर महादेव, चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुमा रहेको रानीपोखरी भोटेकोशी गाउँपालिकामा रहेको भैरवकुण्ड लगायतका क्षेत्रमा जनैपूर्णिमाको अवसरमा दर्शनार्थीहरुले उत्साहपुर्वक मेला भरेका छन् । पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला स्थगित गरिएको थियो । यसपालि भने जनैपूर्णिमाको अबसरमा पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आइपुगेका छन् । समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा साना–ठूलो ...

काउन्सिलका पू्र्व कार्यवाहक अध्यक्ष बुढाथोकीको बिदाइ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई सम्मानसहित आगामी दिनमा सफलताको कामना गर्दै बिदाइ गरिएको छ । चार वर्षअघि मन्त्रीपरिषद् निर्णयबाट सदस्यमा नियुक्त हुनुभएका बुढाथोकीको कार्यकाल यही साउन ८ गते सकिएको हो । बुढाथोकी मिति २०७७ असोज ९ गतेदेखि २०७८ जेठ २२ गतेसम्म कार्यवाहक अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार काउन्सिलमा आयोजित कार्यक्रममा बुढाथोकीलाई सम्मान गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आगामी दिनमा समेत बुढाथोकीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । संस्थागत र नीतिगत सुधारका लागि कार्यवाहक अध्यक्ष र सदस्यका हैसियतमा बुढाथोकीले गरेको काम र प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष बस्नेतले बुढाथोकीले नेपाली पत्रकारिता र त्यसमा पनि छापा पत्रकारिताका लागि गरेको योगदान अतुलनीय रहेको स्मरण...

जताततै बाढी पहिरो पहिरोको कारण क्षती

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
बिगत केही दिन अगाडी देखी परिरहेको बर्षाका कारण देसभरी का केही भागहरमा बाढी र पहिरोले क्षेती गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका र मेलम्ची नगर पालिका बाह्र्बिसेमा नगरपालिका लगाएतका क्षेत्रहरमा गएको पहिरोका कारण केही स्थानमा सडक अबरुद्ध भएका थिए भने केही स्थानमा बस्ती नै वोखिममा परेका छन । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १० हर्रे डाँडा, काँडे, डिम्रीनी,कार्कीटार खत्रीथोक, सुकुटे जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका गरी करिब १५० घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष निल बहादुर तामाङ्गले जानकारी दिनु भयो । यसै गरी उक्त वडाका अती जोखिममा परेका घरपरिबारलाइ हर्रेको राम देबी माध्यमिक बिद्यालयमा खाना खाने व्यबस्था सहीत बस्ने ब्यवस्था वडा अध्यक्षले मिलाइदिनुभएको छ भने कार्कीटार सुकुटे खत्रीथोक लगाएतका अती जोखिममा परेका घर परिबारलाइ सरकारी भवन बिदालय तथ...