सम्पर्क

जताततै बाढी पहिरो पहिरोको कारण क्षती

बिगत केही दिन अगाडी देखी परिरहेको बर्षाका कारण देसभरी का केही भागहरमा बाढी र पहिरोले क्षेती गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका र मेलम्ची नगर पालिका बाह्र्बिसेमा नगरपालिका लगाएतका क्षेत्रहरमा गएको पहिरोका कारण केही स्थानमा सडक अबरुद्ध भएका थिए भने केही स्थानमा बस्ती नै वोखिममा परेका छन । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १० हर्रे डाँडा, काँडे, डिम्रीनी,कार्कीटार खत्रीथोक, सुकुटे जल्किनेदेखि हर्रे डाँडासम्मका सडक दायाँबायाँका गरी करिब १५० घर पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष निल बहादुर तामाङ्गले जानकारी दिनु भयो । यसै गरी उक्त वडाका अती जोखिममा परेका घरपरिबारलाइ हर्रेको राम देबी माध्यमिक बिद्यालयमा खाना खाने व्यबस्था सहीत बस्ने ब्यवस्था वडा अध्यक्षले मिलाइदिनुभएको छ भने कार्कीटार सुकुटे खत्रीथोक लगाएतका अती जोखिममा परेका घर परिबारलाइ सरकारी भवन बिदालय तथा सामाजिक भवनहरुमा बास बस्ने व्यवस्थाका साथ खाने व्यस्था गरेको वडा अध्यक्ष तामाङ्गले बतायँनु भयो । यसै गरी अविरल वर्षासँगै आएको पहिरोले चौतारा साँगाचोकगढी नगरपालिका वडा न १३, जंगलछापमा दुई घर पुरिएको थियो भने १८ घर उच्च जोखिममा रहेको छ ।वडा न १३ को धेरै ठाउँहरुमा पहिरो जाँदा झण्डै ३० घर जोखिममा परेको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनु भयो । यसै गरी वडा न १२ लप्सेमा बस्तीमाथिबाट पहिरो जाँदा विष्णुराज गिरीको घर पुरिनुका साथै ८ वटा बाख्रा र बोको पुरिएको छ । वडा न ९ को जल्कीने भैंसे सडक खण्ड पूर्ण रुपले अवरुद्ध भएको छ भने बन्देउ चौतारा सडक खण्डको ५० भन्दा बढी ठाउँमा साना र ठूलो पहिरो गएको छ । पहिरो गएर बाटो अवरुद्ध भएपछि विहानदेखि सवारी आवागमन पनि अवरुद्ध भएको थियो । अधेरी खोला बस्ती भित्र पस्दा रमाइलो डाँडाको ३ घर उच्च जोखिममा परेको छ । पहिरो गइ सडक अबरुद्ध भए पछी घरहर वोदिममा परेको समाचार प्राप्त हुना साथ तत्काल सुरक्षकर्मी समेतलाइ घटना स्थलमा पठाएर उद्धारमा खटाइएको र केही स्थानमा तत्काल अस्थाइ बसोबासका लागी जिल्ला प्रशासन कार्यलयले टेण्टको व्यवस्था गरेको थियो । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाको नागरीकलाइ सुचना मार्फत सचेत रहन आग्रह गरिरहेको छ । अझै पनी बर्षाद भइरहने भएकाले सतर्क रहन सबैमा प्रमुख जिल्ला अधिकारीबेदनिधी खनालले अनुरोध गर्नु भएको छ । उँहाले बाढी पहिरो जाने स्म्भावीत स्थानहरुमा निकै सतर्क रहन पर्नै र सके सम्म कुनै भागमा पनि पहिरो र बाढी नआओस भन्दै यसबाट बच्न सबै चनाखो रहन पर्ने बताउँनु भयो । कुने कारण कुनै घछना भइहालेमा नजिकको सुरक्षा कर्मीलाइ तत्काल जानकारी गराउँन सके तत्काल उद्धारका लागी सहज हुने भएका ले त्यस तर्फ ध्यान दिन समेत प्रजिअ खनालले अनुरोध गर्नु भएको छ ।