बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरेको छ । बागमती प्रदेश प्रहरीका चालु आर्थिक वर्ष २०७९।०८०मा जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरुलाई प्रभावकारी बनाई प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धान लगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थीत र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको “बार्षिक कार्ययोजना २०७९” सार्वजनिक गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मङ्गलबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो । आर्थिक वर्ष २०७९।८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १२ वटा प्राथमिकताका क्षेत्र÷लक्ष्यहरु निर्धारण गरी १०० वटा क्रियाकलाप÷सूचकमा रही कार्य संचालन गर्ने बार्षिक कार्ययोजना २०७९ मा उल्लेख गरिएको छ ।
कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य भनेको बिगतमा कार्य सम्पादनको क्रममा देखीएका कमिकमजोरीहरुलाई सुधार गर्दै प्रदेश प्रहरीको भुमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यवसायिक बनाउनुका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध एवं निर्देशित तवरले संचालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षीत बनाउने रहेको बताउँनुभयो । कार्ययोजना संगठन संचालनको मेरुदण्ड भएको बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आम नागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ती सामूहिक कार्य (त्भबm ध्यचप) बाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशिल भई तोकिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरुले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्ध वार्षिक रुपमा चेक लिष्ट बनाई कार्य गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिबिधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
यस आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेका प्राथमिकताहरुमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनिकरण, मानवश्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पार्दर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण मानव अधिकार संरक्षण र सम्बर्धन, विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरिवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम संचालन र विभिन्न नविनतम÷रचनात्मक कार्यक्रमको संचालन रहेका छन् ।
यीनै प्राथमिकतामा आधारित रहेर बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न १ सय वटा क्रियाकलाप संचालन गर्नेछ । जसमा डिजिटल चेकपोईन्ट निर्माण, सिसिटिभि जडान, हातहतियार वरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षा लगायतका क्रियाकलापहरु संचालन गरिनेछ । यसैगरी दुर्घटना न्युनिकरणका तथा सवारी व्यवस्थापनका लागि लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने ब्यवस्था मिलाउने रहेको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी साझेदारी समिति पुनर्गठन गर्ने, सचेतना कार्यक्रम, नागरिक सुनुवाई, एयष्अिभ तभबअजभच, विद्यार्थीसंग प्रहरी, व्यवस्थित नागरिक सहायता कक्ष, विभिन्न व्यक्तिसंग छलफल र अन्तकृया, मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्य लगायतका गतिविधि संचालन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।
