सम्पर्क

एक पछी अर्काे लोकप्रिय काम गर्दै बलेफी

सिन्धु पाल्चोक जिल्लाको बलेफी गाँउपालिकाले एक पछी अर्काे लोकप्रिय काम गर्दै गएको स्थानीयहरुले बताएका छन । हरेका जेष्ठ नागरिक लगाएतका सामाजिक सुरक्षा भत्ता लिनेका लागी घर घर टोलटोलमा बैङ्क लगेर भत्ता बितरण गरेर लोकप्रियता कमाएको बलेफी गाँउपालिकाले अहीले फेरी हरेका घरघरमा खानेपानी सहीत धाराको ब्यवस्था गरेर लोकप्रियता कमाइ रहेको छ । गाउँपालिका बलेफी गाँउपालिका वडा नं ४ का सबै घरमा धाराको उद्धघाटन गर्दे बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्था प्रती आभार व्यक्त गर्नु हँुदै नागरिकको हरेक समस्या समधान भयो भने मात्र स्थानयि सरकारको पहीचान हुँने हुँदा यस्ता समस्या समाधानमा सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ । गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो । कुल १८ लाख ७९ हजार रुपियाँमा धारा निर्माण भएको छ । दुई वटा वितरण कक्ष बनाई मिटर जडित धारामार्फत् १५ घरधुरीले पिउने पानी पाएका छन् । उक्त संस्थाले मेलम्ची नगरपालिकाका तीन सय घरधुरी, सुनकोशी गाउँपालिकामा दुई सय घरधुरी र बलेफी गाउँपालिकाका २५६ घरधुरीलाइ खाने पानीको ब्यस्था मिलाइ दिएको सस्थाले जनाएको छ ।