सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ४ मा पर्ने रिम्ती भिरमा सडक भासिएर जोखिम बढेको छ । यसरी जोखिम बढेपछि सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी बेद निधि खनालसहितको टोलिले उक्त स्थानको अबलोकन गरेको छ। बाह्रविसे नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी सहीत ले त्यस क्षेत्रको अनुगन गरेका हो ।
प्रजिअ खनाल रिम्ती भिरमा सडक भासिएर नागरिकलाई आवतजावत गर्न जोखिम बढेको को थाहा पाउँन साथ स्थानीय नागरिकको सुरक्षाका लागी सुरक्षाकर्मी सहीत नगरपालिकाका साथमा जानु भएको हो । रिम्ती भिरको सडक भासिँदा बाटोमाथिका तीन घर पहिरोको उच्च जोखिममा परेको देखिएका कारण प्रजिअ खनालले उच्च जोखिममा परेका तीन घरका नागरिकलाई नगरपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिने बताउँनु भयो । उँहाले पहिरोको उच्च जोखिम रहेको त्यस क्षेत्रमा नागरिकको सुरक्षाका लागी नागरिकलाई रातिको समय र पानी परेको समयमा हिडडुल गर्न रोक लगाइने समेत बताउँनु भयो । उँहाले पहीरोको जोखिम न्युनिकरण गर्न प्राबिधिक अध्ययन गर्न सम्मन्वय समेत गर्ने बताउँनु भयो ।
लगातारको वर्षाको कारण बाह्रबिसेबाट त्रिपुरा जाने रिम्ती भिरको बाटोमा दुई सय मिटर जति सडक भासिएको छ । वर्षातको समयमा सोही सडकभएर आवतजावत गर्न जोखिमपूर्ण भएकाले सुरक्षा अपनाउन समेत नागरिकहरुलाई प्रजिअ खनालले आग्रह गर्नुभयो । सोही क्षेत्रमा स्थानीय प्रशासनले जोखिमा क्षेत्र भनि करिब तिन ठाँउमा सूचनामुलक बोर्ड राखेर नागरिकलाइ सचेत गराउँन लागीएको बताउँदै खनालले सबै सुरक्षा निकाय, नागरिकहरुलाइ यस समयमा सतर्कता अपनाउँन अनुरोध गर्नु भएको छ ।
