सम्पर्क

बचन बद्धता पुरा गर्दै पौडेल

सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिका वडा नं ८का वडा अध्यक्ष बिमल पौडेलले आफुले बोलेको बचन पुरा गर्न लाग्नु भएको छ । स्थानिय निर्बाचनको बेला आफुले निर्वाचन जिते पछी सरकारले दिने सुबिधा रकम नलिने सो रकम उपलब्धीमुलक काममा लगाउँने प्रतिबद्धता गरेको पौडेलले पहीलो चरणमा आएको वडा अध्यक्षको भत्ता बाट बिद्यालयलाइ कम्प्युटर खरिद गरि दिनु भएको छ । सरकारले दिएको सुविधा जनताकै लागि खर्च गर्ने प्रतिबद्धता सहित निर्वाचित हुनु भएको बाह्रबिसे –८ का वडा अध्यक्ष पौडेलले प्रतिवद्धता पुरा गर्न पहिलो चरणमा आएको भत्ता तथा सुविधा स्वरुप श्री सेतिदेवि पन्चकन्या आ. वि जम्बुलाइ १थान कम्प्युटर सेट प्रदान गर्नुभएको हो । कम्प्युटर प्रदान गर्दै अध्यक्ष पौडलले भन्नु भयो “मैले गरेको प्रतिबद्धता अनुसार काम सुरु भइसकेको छ । अव बाँकि बिध्यालयमा पनि बिद्यालयको माग अनुसार आवश्यक कुराहरु खरिद गरि शिक्षा क्षेत्रमा दिन र हुन सक्ने सहयोग मेरो तर्फबाट हुनेछ । पौडेलले आफ्नो पहीलो प्रथमिकता भनेकै शिक्षा, स्वास्थ्य र रोजागी हो भन्दै नागरिक शिक्षीत भएको खण्डमा सबै पक्ष सवल हुन्छ भन्नु हुँदै नागरिकलाइ शिक्षीत बनाउँनका लागी सकेसम्म आबश्यक पर्नै सामाग्रीहरु अफुले उपलब्ध गराउँने बताउँनु भयो । नेपाली काँग्रेसको तर्फ बाट निर्वाचन जित्नु भएका पौडेलले निर्वाचन का बेला नागरिक साँग गरेका कामका बाचाहरु पुरा गर्न सके मात्र मतको कदर हुने हँुदा काम गर्न नसक्ने कुरा बोल्दै नबोल्ने र बोलेका कुरा पुरा गर्ने बताउँनु भयो ।