सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका– ९ को कदम्बास लाइ नेपाल रेडक्रससोसाइटीले तत्काल राहत सामाग्री सहयोग गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिका कोदारीमा पहिरोको कारण विस्थापितका लागिउक्त राहत प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका भरत प्रसाद कोइरालाले जानकारी दिनु भयो ।
उँहाका अनुसारनेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले प्रदान गरेको राहत सामग्री जल्केनी उपशाखामार्फत ९नंम्बर वडाअध्यक्ष बिमल श्रेष्ठ मार्फतपीडितलाई प्रदान गरिएको हो । कदम्बास कोदारीमा गत साउन २४ गते अविरल वर्षाका कारण पहिरो गएको पहिरोको कारण विस्थापित भएकाहरुलाई १५ थान त्रिपाल, १० थान म्याटेक्स, १० थान बाल्टी, २५ गुथ्था डोरी, ४ थान अस्थायी शौचालय प्लेट, ५ थान हेल्थ किट र २० थान कम्मल वडा अध्यक्ष विमल श्रेष्ठ र उपशाखा सभापति बेलबहादुर महतलाई जिल्ला शाखाले हस्तान्तरण गरेको रेडक्रसको कार्यालय प्रमुख कोईरालाले जानकारी दिनु भयो । कोइरालाले वडा नं१०, १३,१४मा पनी क्षेती भएको ले आबश्यक सामाग्ी माग भएकोर त्तकाल जल्केनी उपशाखा मार्फत आबश्यक रहात सामाग्री ब्यवस्था गरिने बताउँनु भयो।
