काठमाडौं । सस्थापन पक्ष सँग असुन्तुष्ट बनेका नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले न्यायोचित हिस्सेदारीको माग गर्दैखबरदारी सभा गरेको छ । कोइराला पक्षहरुले काठमाडौंमा गरेको खबरदारी सभामा बोल्ने वक्ताहरु ले सभापति देउवा को कार्यशैली प्रती असन्तुष्ट जनाउँदै नेताहरुले भ्रातृ संस्थामा शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले संयुक्त रुपमा गरिएको खबरदारीमा सम्मानजनक हिस्सेदारी नभए अमान्य हुने बताउँदै सभा सम्पन्न भएको छ ।
केन्द्रीय सदस्यमा हालसम्म २३ जना मनोनित हुँदा दुई जना मात्रै छुट्याइएको भन्दै सभाका प्रमुख अतिथि रहेका नेता अर्जुन नरसिंह केसीले ‘२३ जना मध्ये २ जना लिएर हामीले के प्रभाव पार्न सक्छौं?’ भनी प्रशन गर्दै न्यायोचित नभएको बताउँनु भयो । सभापति शेरबहादुर देउवाले नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा मनोनित गरिएको मनोनितमा एउटा पक्षको परामर्शसमेत नगरिएको आपत्ति जनाएका थिए । भ्रातृ तथा पार्टीमा मनोनित गर्दा ४० प्रतिशतको हिस्साको हकदार आफूहरु रहेको नेताहरुको दाबी थियो ।सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला सहभागी गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिह केसी सहभागी हुनु भएको जनाइएको छ ।
