सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ कोदारीमा गत २३ गतेको परेको अविरल बर्षाको कारण अत्याधिक जोखिममा परेका १० घरपरिवारलाई ९ नं वडा कार्यलयको पहलमा अस्थाइ रुपमा सुरक्षित वास स्थानको ब्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक , शसस्त्र प्रहर िबल बन्देउ सहीत विभिन्न निकायबाट अत्यावश्यक राहत सामग्री र अस्थायी बासस्थानको ब्यबस्थापन गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ९ नं वडा अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार दिल बहादुर बिक , बच्चुजोगी,उद्धव कुबँवर, सबिन पहरी , रुद्र प्रसाद ढकाल,पदम बहादुर पहरी,रत्न बहादुर मगर भरत भण्डारी ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगर रहनु भएको छ ११ मध्य ,राम कुमार मगर, श्याम कुमार मगर धन बहादुरमगरतिन लाइ २वटा मात्र अस्थाइ बास स्थान को व्यवस्था गरिएको छ । बिपद ब्यबस्थापनमा अहम् भुमिका निर्वाह गर्दै राहत सामग्री उपलब्ध गराइ सहयोग गर्नु हुने प्रमुख जिल्ला अधिकारी,जनपथ प्रहरी शसस्त्र प्रहरी बल बन्देउ, नेपाल रेडक्रस सोसाइटी लगाएतलाइ वडा अध्यक्ष श्रेष्ठले बिशेष धन्यवाद दिनु भएको छ ।
