सम्पर्क

ब्रेकिङ न्युज १

प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको थियो । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।रासस...

मन्त्रि दुलाल र न्यायधिवक्ता नेपाललाई सम्मानका साथ डडुवा भवानी शंकरको वार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
         हिरा ठकुरी /चौतारा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम आईतबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद) ले दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गदै मन्त्री दुलालले शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा बताउनुभयो । साथै विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि र यस क्षेत्रको समग्र विकासको लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउदै शुभकामना समेत दिनुभएको थियो । सोहि अवसरमा विद्यालयको भवन मात्र राम्रो होइन शिक्षा सिकाइमा नै उपलब्धी हुन पर्ने बताउँनु भयो । मन्त्री दुलालले आफ...

मिडियामा पीडित पक्षको आवाज पातलिएको गुनासो

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयबाट त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकाले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको उहाँले बताउनुभयो । विशेषगरी अनलाइन तथा कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानूनी कारबाही हुँदै आएको बस्नेतले जानकारी दिनुभयो । “पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउनेकार्य भएका छन् । पीडित पक्षको आवाज पातलिन थालिएको छ”, उहाँले भन्नुभयो, “नयाँ सञ्चालनमा आउने सञ्चारमाध्यमले यस्ता कुरामा ध्या...

आफु भन्दा ठुलो उमेरको लौरो कम उमेरको भ¥याङ बन्नेः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आफू भन्दा बढि उमेरका लागि लौरो र कम उमेरका लागि भ¥याङ बनेर नागरिकलाई सहयोग गर्ने मात्र वास्तविक समाज सेवा हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्रि माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० द्वारा आयोजित न्यानो कपडा बितरण तथा घरघरमा सामिजिक सुरक्षा भत्ता बितरण घुम्ति सेवाको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका १० का वडाध्यक्ष निल बहादुर तामाङ्ग( सुमन वाईवा) ले आफुले पाउँने भत्ताबाट जेष्ठ नागिरकलाई न्याने कपडाको व्यवस्था गरेकोमा वडाअध्यक्ष तामाङ्गलाई विशेष धन्यबाद दिदै बस्नेतले यस्ता समाजका लागि ,आफ्नो परिश्रम बाट न्यानो कपडा दिने,ओैषधि दिने, घोषणा गरे पनि पदमा पुगे पछि बिर्षने गरेको उदाहरण दिदै १० न वडाका अध्यक्ष सुमनले आफनो प्रतिबद्दता ईमान्दारिताका साथ पूरा गरेकोमा विशेष धन्यबाद दिनुभयो । कार्यक्रममा नगर...

६ महिनामा ४५ सञ्चार माध्यम काउन्सिलको कारवाहीमा

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लंघनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ । काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वट...

बागमती प्रदेश सरकारको मन्त्रिपण्डल विस्तार

ब्रेकिङ न्युज १, राजनिती, समाचार
बागमती प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गरिएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आठ जना मन्त्रीको नियुक्तसँगै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख शर्मासमक्ष नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।...

मेलमिलाप सम्बन्धि आधारभुत तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
विपना तामाङ (गोले) सिन्धुपाल्चोक जिल्लाको जुुगल गाउँपालिकाको न्यायिक समितिका पदाधिकारी, सदस्य र मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षण सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा भएको तालिममा गाउँपालिकाको विभिन्न वडाबाट छनोट भएका २५ जनाको सहभागीता रहेको थियो । न्यायीक समती सँयोजक तथा गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठको अध्यक्षता जिल्ला न्यायाधीस विदुर कोईरालाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको सहभागिता रहेको थियो । गाउँपालिका भित्रका न्यायिक समितिका पदाधिकारी, सदस्य र गाउँपालिकामा रहेको मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोेजक हिमाल कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रम समापन गर्दै गाउँपालिका उपाध्यक्ष श्...

सुनकोशी मावि ३८ औं वर्षमा

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेको सुनकोशी माध्यमिक विद्यालयले ३८ औं बार्षिकोत्सव तथा अविभावक दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश प्रतिनिधी सभा सदस्य संसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मसिना खड्का भण्डारी, बाह्रविसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेत, उप प्रमुख मन्जु तामाङ, सोहि वडा अध्यक्ष रेशम बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पुर्याउनेलाई सम्मान गरिएको छ ।...

१२ वर्षदेखी फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
भ्रष्टचार मुद्दामा १२ वर्षअघि सजाय सुनाइएका उद्धव राज अर्याल पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ बस्ने वर्ष ४४ वर्षीय अर्याललाई फरार रहेको १२ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । २०६७ मंसिर १४ गतेको फैसलाले भ्रष्टचार मुद्दामा कैद ६ महिना सजाय भई फरार रहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार काठमाण्डौको दक्षिण ढोका स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले कैद असुल उपरका लागी उनलाई जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...

बाह्रविसे नगरद्धारा गोरु पाल्ने ७ सय ७६ कृषकलाई अनुदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ का दरले अनुदान दिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई दुई करोड ५० लाख बढी रकम अनुदान दिएको हो । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गोरु जोतेर कार्यक्रमको उद्धघाटन गर्दै कृषकलाई अनुदान रकम हस्तानन्तरण गर्नु भएको हो । उँहाले रकम हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै रासायनिक मल कोहाहाकार ब्यहोर्नु भन्दा गाइ गोरु पालेर मल उत्पादन पनी हुने खेती पनी हुने भन्दै बर्षमा एक दिन भए पनी सम्झनाका लागी हल तिहार मनाइने गरेको बताउँनु भयो । उँहाले विदेशबाट मल खरिद गर्ने बानी बसेको र माटो...