सम्पर्क

बागमती प्रदेश सरकारको मन्त्रिपण्डल विस्तार

बागमती प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गरिएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आठ जना मन्त्रीको नियुक्तसँगै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख शर्मासमक्ष नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।