सम्पर्क

सुनकोशी मावि ३८ औं वर्षमा

सिन्धुपाल्चोक जिल्लामा रहेको सुनकोशी माध्यमिक विद्यालयले ३८ औं बार्षिकोत्सव तथा अविभावक दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश प्रतिनिधी सभा सदस्य संसद मोहन बहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मसिना खड्का भण्डारी, बाह्रविसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेत, उप प्रमुख मन्जु तामाङ, सोहि वडा अध्यक्ष रेशम बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पुर्याउनेलाई सम्मान गरिएको छ ।