सम्पर्क

ब्रेकिङ न्युज १

आलेख : ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जनकपुरधाम, २४ माघ (रासस)जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभू...

चौसागढी११को सभाबाट२१बुदै निर्णय

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११मा वडा गाँउ सभा भएको छ । २३ गते सोमबार वडा अध्यक्ष रोषन राज गिरीको अध्यक्षतामा बसेको ११नं वडा को प्रथम गाउँ सभा बाट समस्या पहिचान र समाधान का उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमका लागी २१ बुंदे कार्यक्रम समेत पास गरेको छ । वडा अध्यक्ष गिरीका अनुसार सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने , झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने,सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने,बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ,हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने, महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने, यसरी श्रमदान गरि बिशिस्ठ योगदान गर्ने टोल बस्ती लाई थप ...

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

ब्रेकिङ न्युज १, समाचार
यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा २८ जनाले मात्रै उक्त सेवा लिएको कार्यायले जनाएको छ । कार्यालय प्रमुख रामविनय कुमार सिंहले मेरो कित्ता कार्यक्रमबारे नागरिकलाई जानकारी नहुँदा र उनीहरुमा पनि चासो नहुँदा प्रभावहीन देखिएको बताउनुभयो । “कार्यक्रमबारे जिल्लाका नागरिकलाई बुझाउन जरुरी देखियो, यसका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने गरेका छन् । “घरबाटै इन्टरनेटको प्रयोग गरेर आफ्नो जग्गाको कित्ताको नक्सा ल...

पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

ब्रेकिङ न्युज १, समाचार
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।“घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उहाँले भन्नुभयो“धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।” घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ । शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उहाँको दुखेसो छ ।“विहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”,उहाँले भन्नुभयो “पाँच बर्ष भयो, यसरी सास्ती खेप्...

स्वास्थ्य नै जिवनको धन हो ः मन्त्री दुलाल

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत स्वास्थ्य नै जिवनको धन हो । मानिसले बिहान चाँडै उठेर केही समय ध्यान गर्ने र ब्यायाम गर्ने हो भने शरिर स्वस्थ र फुर्तीलो हुने बागमती प्रदेशका भौतिक तथा पुर्बधार बिकास मन्त्री युवराज दुलाल (शरद) ले बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको समाजसेवी राम बहादुर कार्की र श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत बिज्ञान बिषयमा उत्कृष्ट छात्रा गरिमा थापालाई सम्मान गर्दै यस्तो बताउँनु भएको हो । सो अवसरमा मन्त्री दुलालले शरिरलाई फुर्तीलो बनाउँनका लागी ध्यान, व्यायम अती महत्वपुर्ण रहेको शिक्षा आफुले पाएको र सोही अनुसार गर्दा आफु फुर्तीलो भएको बताउँदै माधवलाल कर्मचार्य र रामबहादुर कार्कीबाट सिकेका शिक्षावाट आफुलाई राम्रो भएको बताउँनु भयो । उहाले अरनिको होटलमा माधवलाल कर्मचार्य शैक्षिक छात्रवृत्ति कोषद्धारा गरिएको सम्मान कार्यक्रका सहभागीहरुलाई सम्बोधन ...

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ ः प्रधानमन्त्री प्रचण्ड

ब्रेकिङ न्युज १, राजनिती, समाचार
रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।” विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उहाँको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा ...

जुगलमा श्रमिक बैकको स्थापना

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका देशकै पहिलो श्रमिक बैकको कार्यबिधी पास गर्ने पालिका भएको छ । आफ्ना पालिकाका नागरिकलाई पालिकामा नै रोजगार दिने उद्देश्यले श्रमिक बैंक स्थापना गरेको प्रमुख रेशम स्याङ्बोले बताउनु भएको छ । उहाँले पाालिकामा सञ्चालन हुने जुनसुकै परियोजनामा पनि स्थानियलाई रोजगार दिन पर्ने कार्य विधि नै बनाएर पास गरिसकेको छ । अब जुगल गाउपालिकामा सञ्चालन हुने हाईड्रोपावर कम्पनि तथा जुनसुकै कम्पनि होस वा सरकारी गैर सरकारी जुनसुकै संस्था होस जुगल गाउपालिकामा आवश्यक पर्ने जनशक्ति जुगल गाउपालिकाबाटै लिन पर्ने अध्यक्ष स्याङ्बोले बताउँनु भयो । उक्त पालिका अन्तर्गत रहेको जन आन्दोलनमा परि घाइते र अपांग हुने परिवारको १ लाख सम्मको जीवन विमा गरिएको छ । यसरी जीवन बिमा गर्दा जन आन्दोलनमा घाईते भएकाहरुलाई पालिकाले बिमा प्रिमियम तिरिदिएको छ भने जुगल गाउपालिकाले अधयक्षको पारिश्रमिक भत्ताबाट ...

ब्रान्ड नामसहित सिस्नु उत्पादनमा महिलाहरु

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी (रासस) सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुञ्चोकका महिलाहरु गाउँमै उत्पादन गरिएको सिस्नुका पाउडरलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाहरूले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएको निर्मला सुनारले बताउनुभयो । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,” उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरूले यसको खेती सुरु गरेका हुन् । स...

भौतिक विकाससँगै गुणस्तरीय शिक्षामा पनि सहयोग आवश्यक ः बस्नेत

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य एवम् पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले भौतिक संरचनासँगै गुणस्तरिय शिक्षा बिकासका लागि पनि सबैबाट सहयोग हुन पर्ने बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, थगाम स्थित सरस्वती शङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । नव निर्मित भवनको उद्घाटन तथा बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको समेत बताउनुभयो । उँहाले विद्यालय भवन निर्माणमा जसरी स्थानीय समाजसेवीहरुले सहयोग गरेका छन । त्यसरी नै शिक्षा सिकाइमा पनि आफुहरुले सकेको सल्लाह र सुझाब दिएर सहयोग गर्न पर्ने बताउँनु भयो । बस्नेतले एक समारोहका बिच विद्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा स...

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो । अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियो...