नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य एवम् पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले भौतिक संरचनासँगै गुणस्तरिय शिक्षा बिकासका लागि पनि सबैबाट सहयोग हुन पर्ने बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, थगाम स्थित सरस्वती शङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । नव निर्मित भवनको उद्घाटन तथा बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको समेत बताउनुभयो । उँहाले विद्यालय भवन निर्माणमा जसरी स्थानीय समाजसेवीहरुले सहयोग गरेका छन । त्यसरी नै शिक्षा सिकाइमा पनि आफुहरुले सकेको सल्लाह र सुझाब दिएर सहयोग गर्न पर्ने बताउँनु भयो । बस्नेतले एक समारोहका बिच विद्यालयको ६४औँ वार्षिकोत्सवको अवसरमा सोमबार विद्यालयको नवनिर्मित ८ कोठे भवनको उद्घाटन गर्नुभएको हो ।
स्थानीय समाजसेवी शङ्कर श्रेष्ठले विद्यालयका लागि रोपनी ८ आना जग्गा सहित १ करोड २० लाख रकम आर्थिक सहयोग उपलब्ध गराई भवन निर्माणमा सहयोग गर्नु भएको थियो । त्यसैगरी बिद्यालयका लागी अर्का स्थानीय समाजसेवी कृष्ण बहादुर श्रेष्ठले पनि ८ आना जग्गा दान गर्नुभएको थियो । विद्यालय भवन निर्माण तथा बार्षिक उत्सव समारेहका अवसरमा समाजसेवी शंंकर श्रेष्ठ र शेखर श्रेष्ठको बुबा आमाको विद्यालय प्राङ्गणमा निर्माण भएको अर्धकद प्रतिमाको प्रमुख अतिथि बस्नेतले अनावरण समेत गर्नुभयो । हाल विद्यालयमा १७ वटा कक्षाकोठा रहेको र बाह्रबिसे नगरपालिकाको रु २ लाख आर्थिक सहयोगमा सरस्वतीको मन्दिर पनि निर्माण भएको प्रधानाध्यापक तोपबहादुर ओलीले जानकारी दिनुभयो । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले शिक्षा बिकास भए मात्र मानवीय बिकास हुन्छ भन्नु हुँदै नगरपालिकाको योजनालाई सहयोग र साथ हुने गरी विद्यालय भवन निर्माण गरी शिक्षा सिकाइमा लागेकोले बिद्यालय परिवारलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा बस्नेतले विद्यालय दिवा खाजामा स्थानिय स्तरमा नै उत्पादित खाद्यान्न खुवाउँदा पौष्टिकत्व बढी हुने हँुदा आ–आफ्ना बालबालिकालाई स्वस्थ राख्नका लागि पनि स्थानिय स्तरमा उत्पादित खाद्यान्न विद्यालयले खरिद गरेर खुवाउँनु पर्ने त्यसो हँुदा कृषकको सामग्री पनी गाँउमा नै बिक्री हुने बिद्यालयलाई पनि ढुवानी भार नपर्ने भएकाले यस्ता खाद्यान्न उत्पादन गने कृषकलाई नगरपालिकाले प्रोत्साहन सहयोग दिइरहेको समेत सो अवसरमा जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक ओलीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो भने अध्ययनरत छात्रछात्राले गीत नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यालयको बार्षिक उत्सवमा विद्यार्थिहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको थियो भने चन्दादाता, जग्गादाता तथा उत्कृष्ट शिक्षक विद्यार्थिहरुलाई सम्मान गरिएको थियो ।
