सम्पर्क

पाँचखालमा ५४ जनाद्धारा रक्तदान

पाँचखालमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न ।
सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीका अनुसार सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा भएकोे रक्तदानमा बैंकका कर्मचारी , स्थानीय लगायत ५४ जनाले रक्तदान गरेका थिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत गिरीले बताउनुभयो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रेडक्रस काभ्रेले गरेको थियो ।
रक्तदातान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गिरी, नायव महाप्रबन्धक प्रमोद न्यौपाने लगायत बैंकका उच्च पदस्त कर्मचारी लगायतको उपस्थिती रहेको पाँचखाल शाखा प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । सिन्धुपाल्चोककै पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले सिन्धुपाल्चोक ,काभ्रे, दोलखा, मकवानपुर तथा चितवन जिल्लामा गरि २५ शाखा तथा १ वटा सिमित बैकिङ इकाइबाट बैकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिनुभयो । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैकिङ सेवा विस्तार गरि त्यस भेगका स्थानीयलाई सर्वसुलभ सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ । बैंकले ३६५ दिनै सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि मोबाइल बैकिङ, SCT डडेबिट कार्ड SMS banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आइरहेको छ ।