सम्पर्क

चौसागढी११को सभाबाट२१बुदै निर्णय

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११मा वडा गाँउ सभा भएको छ । २३ गते सोमबार वडा अध्यक्ष रोषन राज गिरीको अध्यक्षतामा बसेको ११नं वडा को प्रथम गाउँ सभा बाट समस्या पहिचान र समाधान का उपाय खोजी एबं दायित्व ग्रहण कार्यक्रमका लागी २१ बुंदे कार्यक्रम समेत पास गरेको छ । वडा अध्यक्ष गिरीका अनुसार सार्बजनिक जग्गा छुट्टाई संरक्षण गर्ने कार्यलाई अभियान कै रुपमा अघि बढाउने , झरेका पात र परेको पानी को संकलन गरि “जल र मल“ को प्रबन्ध गर्ने,सूर्य अस्तहुनु पूर्ब मदिरा बिक्री बन्द गर्ने र बालबालिका लाई सुर्ती जन्य पदार्थ बिक्री नगर्ने,बन्देउलाई खुल्ला दिसापिसाब निषेधित क्षेत्र घोषण गर्ने ,हिउँदका हरेक महिना कम्तीमा एक दिन २ घन्टा अनिवार्य श्रमदान गर्ने, महिना मा एक दिन हरेक टोल बस्तीले आफ्नो अनुकुलतामा टोल बस्ती सफाई कार्य गर्ने, यसरी श्रमदान गरि बिशिस्ठ योगदान गर्ने टोल बस्ती लाई थप बजेट र कार्यक्रम दिई प्रोत्साहित गर्ने,सिम्ले बन्देउका होटल सहितका अन्य टोल बस्तीमा सालका दाउरा बाल्न निषेध गर्ने ,प्रेशर हर्न निषेध गर्ने,महिला हिंसा रहित समाज निर्माण गर्ने,वडा बिकास समिति र सामाजिक अनुगमन समिति गठन गर्ने,खेतबारी का अनावश्यक रुख हटाउने र बाँझो खेतवारि नराख्ने राख्न नदिने ।कुखुरा खसी होइन तयारी मासु सहर पठाउने प्रयास गर्ने,बन्द भएको पशुपति दुग्ध सहकारी संचालन गर्ने,काभ्रेमा निर्माणाधिन कोल्ड स्टोर यसै बर्ष निर्माण सम्पन्न गरि संचालन गर्ने,वडा बासी युवाहरूलाई उपत्यका आसपास शहरमा मासु र तरकारी पसल खोल्न आव्हान र सापटी कार्यक्रम मार्फत प्रोत्साहन गर्ने, बिद्यालय शिक्षा सुधारमा सम्पुर्ण शक्ति केन्द्रिकृत गरि २०७९असार मा भएको बिद्यालय समायोजनको निर्णय कार्यान्वयन गर्ने, बँदेल र बाँदर नियन्त्रण गर्न प्रत्येक घरधुरी ले अनिवार्य सहभागी हुने र बन जंगलमा फलफूल का बिरुवा रोप्नेकार्य अभियान को रूपमा अघिबढाउने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने असक्त बृद्ध बृदाको संरक्षक भै बैक बाट रकम बुझी लिने ले लाभग्राहीलाई नदिएको या पूरा नदिएको भनी गुनासो आएमा निज संरक्षणलाई सामाजिक कारबाही गर्ने, मादक पदार्थ सेवन गरिरहेका हरुले मादक पदार्थ सेवन गर्न छोडने र शहर छोडी गाउँ फिर्ता हुने परिवारलाई सम्मान र प्रोत्साहन गर्ने,कृषि उत्पादन वृद्धि र बजारिकरण गर्न गाउँमा उत्पादन र शहरमा बिक्री ब्यबसाय गर्ने लाई ब्यबसायिक सापटी उपलब्ध गराउनुका साथै सडक किनारमा अस्थायी बिक्रि केन्द्र तयार गर्ने , सडक स्तरोन्नति गर्दा सके सम्म टेवा पर्खाल लगाउन नपर्ने गरि गर्ने। पर्खाल लगाउनै पर्ने अबस्थामा अर्को तर्फ सडक च्यापी बनाउने तर अर्को तर्फ पनि सडक सिमा निर्धारण गरि सडक क्षेत्र कायम संरक्षण गर्ने रहेका छन । वडा कार्यलयले स्थानीय स्तरमा उत्पादनमुलक काम गर्नेहरुलाइ प्रोत्साहन गर्दै आर्थीक रकम समेत योजना कार्यक्रम, व्यवसायको आधारमा रकम समेत सापटी दिदै आइरहेको छ ।