सम्पर्क

ब्रेकिङ न्युज १

पुरुष भलिबल प्रतियोगिता हुने

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो । शनिबार मेलम्चीमा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।...

राससमा नयाँ वर्ष शुभकामना आदानप्रदान

#, ब्रेकिङ न्युज १, समाचार
  राष्ट्रिय समाचार समिति, राससमा नयाँ वर्ष २०८० का उपलक्ष्यमा आज रासस केन्द्रीय कार्यालय काठमाडौँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले समाचार सेवाको विविधतासहित गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवाग्राही आमसञ्चार माध्यमबाट प्राप्त सुझावलाई समेत मध्यनजर गरी समाचार सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गरी नयाँ ऊर्जा र अठोटका साथ छिटोछरितो ढङ्गबाट समाचार तथा फोटो सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको राससको सेवा अझ प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो ।...

यस्तो छ यस वर्षको ग्रहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ वैशाख (रासस) : आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख ...

प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरण गरेको छ

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरणको नतीजा प्रकाशन गरेको छ । पत्रपत्रिका-वर्गीकरण-नतिजा-२०७७-७८-1जस मध्य सिन्धुपाल्चोक बाट प्रकाशित लोकप्रिय समाचार दैनिक राष्ट्र्रीय स्तरको ख,मा बर्गीकृत भएको छ भने सिन्धुपाल्चोकबाट प्रकाशित सिन्धु प्रवाहसाप्ताहीक, सिन्धुपोष्ट साप्ताहीक प्रदेस क सर्बपक्ष दैनिक प्रदेस ख सिन्धु सन्देशसाप्ताहीक,सिन्धुज्वालासाप्ताहीक, सिन्धु जागरणसाप्ताहीक,सिन्धु बुलन्द साप्ताहीक र सिन्धुयात्रा मासिक स्थानीय क जनता पत्र साप्ताहीक ओख्रेनी साप्ताहीक र नेत्रज्योती मासिक स्थनीय ख मा परेका छन ।...

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथ...

किसानलाई कृषि सामग्रीसँगै तालिम

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङपाल गाँउपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले अनुदानमा किसानका लागि १७ थान ९ र १० एच. पी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानहरूलाई अत्ति आवश्यक कृषि पेशासँग सम्बन्धित कृषिऔजार, बिउविजन, पा्रविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरणमा सहजता ल्याउन थप कायक्रमहरुको आपेक्षा गरिएको स्थानिय हसिना वाइवा बताउनुहुन्छ । ती सामग्री हस्तान्तरण गर्दै गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न गाँउपालिका तयार रहेको बताउनुभयो । कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको...

आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको राससलाई बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड (क) बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गर...

महेन्द्रदय माबिको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज कुमार ) सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका– ६ पाटिडाँडामा रहेको श्री महेन्द्रदय माध्यमिक बिद्यालयले भौतिक बिकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।बिद्यालयका पुर्ब बिद्यार्थीहरु तथा शैक्षकि सरोकारवालाहरुलाइ बिद्यालयले बोलाएर उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।   शिक्षा सिकाइमा आएका बिद्यार्थीहरुलाइ प्रयाप्त मात्रामा आबशीय सुबिधा समेत को ब्यवस्था गर्नहुन नसकी भाडामा छात्रबास चलाएर शिक्षा प्रदान गरिरहेको उक्त बिद्यालयले यसरी गरेका अन्तरक्रीया कार्यक्रमले बिद्यालयको छात्रबास भवन निर्माण का साथै गुणस्तरिय शिक्षा सिकाइमा सहयोग पुग्ने सहभागी पुर्ब बिद्यार्थीहरुले बताउँनु भएको छ ।संस्थापक प्रधानध्यापक रूद्र ध्वज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधान संरक्षक राम शरण कार्की जनप्रतिनिधि, बुद्धिजीवी ,...

विस्तार हुँदै स्वास्थ्य बीमा सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताउनुभयो । उहाँले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो । “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उहाँले भन्नुभयो । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उहाँले बताउनुभयो । बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० ...

बाँदर आतंक बढेपछि रुख काट्ने तयारी

ब्रेकिङ न्युज १, समाचार
बाँदर आतंक बढेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ मा रुख काट्न सरकारले उर्दी जारी गरिएको छ । वडा नम्बर ११ ले सार्वजनिक सूचना जारी गरी खेतीपाती वरपरका अनावश्यक रुख कटानी गर्न आग्रह गरेको हो । ’बाँदरको आतंकले कृषकले उत्पादन गरेका बालीनालीमा पुगेको छ,’ वडाअध्यक्ष रोशनराज गिरीद्धारा जारी सूचनामा भनिएको छ, ’यसको न्यूनीकरणको लागि आफ्नो खेतबारीमा रहेका अनावश्यक रुख बिरुवा नियमानुसार कटानी गर्नु हुन सबैमा जानकारी गराइन्छ ।’ वडाध्यक्ष गिरीले आ–आफ्ना खेतबारीका अनावश्यक रुख आजका मितिले सात दिन भित्र हटाउने कार्य गर्न अनुरोध गर्दै अन्यथा हुने हो भने आ– आफ्नो गाउँ टोलको भेला बैठक बसि समस्या नभएको भनी सामूहिक निर्णय गरि वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गर्नुभएको छ । बाँदरको आतंक अत्यधिक हुन थालेपछि नियन्त्रणका लागि रुख काट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ’पहिले जनसंख्या धे...