सम्पर्क

पुरुष भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मेलम्ची पुनः निर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो । शनिबार मेलम्चीमा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।