धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । शनिबार पाँचपोखरी थाङ्पाल गाउँपालिका – ६ धापमा वडा अध्यक्ष नारायण भट्टराईले भवनको शिलन्यास गर्नुभएको हो । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगर्त भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो ।
फोहोरलाई मोहोरमा रुपान्तरण गरौं र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वच्छ,सफा, फोहोरमुक्त गाउँपालिका बनाउने उद्धेश्यले यस यसअघि संस्थाको सहयोगमा पालिकाको वडा नम्बर ३,४ र ५ मा भवन बनिसकेको परियोजना संयोजक हर्क गोलेले जानकारी दिनुभयो । फोहोरमैला ब्यबस्थापन केन्द्र बनेका वडा हरुमा अहिले फोहोरमैला ब्यबस्थापन समिति बनाएर प्रत्येक महिनाको १ पटक फोहोर संकलन हुँदै आएको छ । जस्ले गर्दा त्यहाँको वातावरणमा सुन्दरता ल्याएको स्थानियले बताएका छन् । शिलन्यास पछि वडा अध्यक्ष भट्टराईले भवन निमार्ण पश्चात् वडा नम्बर ६मा परिवर्तन आउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अहिले जथाभावि फालिएको फोहोरका कारण हुने प्रदुषण नियन्त्रण गर्न भवनले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
