सम्पर्क

बाँदर आतंक बढेपछि रुख काट्ने तयारी

बाँदर आतंक बढेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ मा रुख काट्न सरकारले उर्दी जारी गरिएको छ ।
वडा नम्बर ११ ले सार्वजनिक सूचना जारी गरी खेतीपाती वरपरका अनावश्यक रुख कटानी गर्न आग्रह गरेको हो । ’बाँदरको आतंकले कृषकले उत्पादन गरेका बालीनालीमा पुगेको छ,’ वडाअध्यक्ष रोशनराज गिरीद्धारा जारी सूचनामा भनिएको छ, ’यसको न्यूनीकरणको लागि आफ्नो खेतबारीमा रहेका अनावश्यक रुख बिरुवा नियमानुसार कटानी गर्नु हुन सबैमा जानकारी गराइन्छ ।’ वडाध्यक्ष गिरीले आ–आफ्ना खेतबारीका अनावश्यक रुख आजका मितिले सात दिन भित्र हटाउने कार्य गर्न अनुरोध गर्दै अन्यथा हुने हो भने आ– आफ्नो गाउँ टोलको भेला बैठक बसि समस्या नभएको भनी सामूहिक निर्णय गरि वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गर्नुभएको छ । बाँदरको आतंक अत्यधिक हुन थालेपछि नियन्त्रणका लागि रुख काट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ’पहिले जनसंख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ,’ उहाँले भन्नुभयो ’गाउँ रित्तो भैसक्यो । खेतबारी जंगल बनिसके । रुख काटियो भने केही कम हुन सक्छ भनेर यो निर्णय गरेका हौं । गिरीले स्थानियको निरन्तर दबाब आएपछि यस्तो निर्णय गरेको सुनाउनुभयो ।