सम्पर्क

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो ।
उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने समेत सो अबशरमा तामाङले बताउँनु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले वडा कार्यालयको भवन बनेकोमा वडा बासिलाइ आभार ब्यक्त गर्नुभयो । उहाँले कार्यालयमा थप सामग्री तथा संरक्षणको काम गर्नपर्ने भन्दै ति कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । धितालले नागरिकको सहजताका लागि १३ वटै वडामा एकै प्रकारका कार्यालय भवन निर्माण गर्ने र जस्ले गर्दा सेवा प्रबाहमा सहज हुने बताउनुभयो । वडामा अपुग रहेको कर्मचारी पुर्ति गर्नका लागि नगरपालिकाले कर्मचारी ब्यबस्था गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमका सभापति एवम् वडा नम्बर १३ का वडा अध्यक्ष श्रीराम घोरासैनीले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यस्लाइ पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो । १ करोड २२ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने वडा अध्यक्ष श्रीराम घोरासैनीले जानकारी दिनुभएको । छ । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, विषयगत शाखाका प्रमुखहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवी र सेवाग्राहीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।