सम्पर्क

सञ्चार रजिस्ट्रारमा पुन रेवती सापकोटा

बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा ले निरन्तरता पाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभए पछी उँहाले निरन्तरता पाँउनु भएको होे ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् ।