सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका ले १२५००००को पशु सुत्केरी(गाइ भैसी सुत्केरी प्रोत्सहन रकम ) प्रत्साहन रकम बाडेको छ । नगरपालिकाले यस आबमा सुत्केरी गाइ र भैसी गरी जम्मा ५००वटा लाइ रु २५००का दरले १२५००००। रुपैया बितरण गरेको नगर पशु शाखाका प्रमुख अर्जुन बहादुर खड्काले जानकारी दिनु भयो ।
उँहाका अनुसार सुत्केरी गाई भैसी प्रोत्साहन अनुदान बापत प्रति गाई भैसी रु.२५००का दरले ५०० गाई भैसीको रु.१२,५०,०००।वितरण गरिनुका साथै ७०० गाई भैसीको विमा गरिएको , र ४ स्थानमा पशु स्वास्थ घुम्ती शिविर कार्यक्रम गरिएको जानकारी दिनु भयो । शिबीर गरिएको मध्य सबै भन्दा बढी वडा नं १४डडुवामा २०३ ले सेवा लिएका थिए । यसरी सेवा लिनेमा गाइ६३ भैसी ११९ बोका बाख्रा १५७७ बङ्गुर ४६ कुखुरा ७१२ले शिबीरबाट औषधी पाएका छन भने २२वटा को बन्ध्याकरण गरिएको छ । यसै गरी स्याउलेमा जम्मा १५९ले सेवा लिएका थिए । यसरी सेवा लिनेमा गाइ र गोरु गरी ६१ भैसी, राँगा ,पाडा गरी २०६ बोका बाख्रा गरी ८५६ बङ्गुर २० कुखुरा ५९९ले शिबीरबाट औषधी पाएका छन भने १४वटा को बन्ध्याकरण गरिएको छ ।
यसै गरी बतासेमा जम्मा १४८ले सेवा लिएका थिए । यसरी सेवा लिनेमा गाइ र गोरु गरी ९५ भैसी, राँगा ,पाडा गरी १४६ बोका बाख्रा गरी ८८१ बङ्गुर ६ कुखुरा ५२०ले शिबीरबाट औषधी पाएका छन भने ५वटा को बन्ध्याकरण गरिएको छ । यसै गरी खत्रीथोकमा जम्मा ९१ले सेवा लिएका थिए । यसरी सेवा लिनेमा गाइ र गोरु गरी १२ भैसी, राँगा ,पाडा गरी ५७ बोका बाख्रा गरी ८२० बङ्गुर १ कुखुरा ५२४ले शिबीरबाट औषधी पाएका छन भने १४वटा को बन्ध्याकरण गरिएको छ । वडा नं १४मा एक कार्यक्रनगरपालिका कार्यकपालिका सदस्य आरणथिक बिकास समिति सङ्योजक गणोश बिकको प्रमुख अतिथ्यता र चौतारासँगाचोकगढी नगरपालिका वडा न १४ का वडा अध्यक्ष उद्वव नेपालको सभापतित्वमा पशु स्वास्थ्य घुम्ति शिबिर सञ्चालन गरियको थियो ।
शिबिरमा नगरपालिका पशुशाखा प्रमुख अर्जुन बहादुर खड्का को नेतृत्वमा सुमित्रा मगर,सुदर्शन अर्याल,माँया श्रेष्ठ,सुजन दुलाल, भुपेन्द्र बहादुर नेपाल लगायतका टोलिले ओैषधि सहितको सेवा दिनु भएको थियो शिविरमा पशुपालन तथा स्याहासुसार एवम नगरपालिकाबाट पाईने सेवाका बारेमा परामर्श दिएको र खोकि ,नाम्ले , जुका तथा रोग अनुसारको निशुल्क ओैषधि बितरण गरिएको थियो ।
