सम्पर्क

महेन्द्रदय माबिको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया

कुमार बस्नेत (अधिराज कुमार )

सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका– ६ पाटिडाँडामा रहेको श्री महेन्द्रदय माध्यमिक बिद्यालयले भौतिक बिकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।बिद्यालयका पुर्ब बिद्यार्थीहरु तथा शैक्षकि सरोकारवालाहरुलाइ बिद्यालयले बोलाएर उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।   शिक्षा सिकाइमा आएका बिद्यार्थीहरुलाइ प्रयाप्त मात्रामा आबशीय सुबिधा समेत को ब्यवस्था गर्नहुन नसकी भाडामा छात्रबास चलाएर शिक्षा प्रदान गरिरहेको उक्त बिद्यालयले यसरी गरेका अन्तरक्रीया कार्यक्रमले बिद्यालयको छात्रबास भवन निर्माण का साथै गुणस्तरिय शिक्षा सिकाइमा सहयोग पुग्ने सहभागी पुर्ब बिद्यार्थीहरुले बताउँनु भएको छ ।संस्थापक प्रधानध्यापक रूद्र ध्वज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधान संरक्षक राम शरण कार्की जनप्रतिनिधि, बुद्धिजीवी ,शिक्षक लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो । बिब्यसका अध्यक्ष रेशम बहादुर पाख्रीनको सभापतीत्वमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति रूद्र ध्वज थापाले विद्यालय शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफू सकेको सहयोग गर्ने र आउदा दिनहरूमा सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो । पुर्ब प्रअ तथा वडा नं ६का वडाअध्यक्ष चक्र बस्नेतले वडाभित्रका उत्कृष्ट छात्रछात्रा । शिक्षक शिषीकालाइ प्रोत्साहन पुरस्कार दिने र राम्रा बिद्याथीृलाइ छात्रबृती दिनका लागी आफुले पाउँने पारिश्रमकि सहीत चालीस लाखको अक्षय कोषको ब्यबस्थगा गर्ने र त्यो कोषको कार्यबिदी बनाएर महेन्द्रदय माबीले परिचालन गर्ने ब्यवस्था मिलाउँने घोषणा गर्नु भयो । उँहाले शिक्षाको गुणस्तरको आधारमा गरिने प्रोत्सहान पुरस्कारले शिक्षा सिकाइमा अझ प्रगती हुने आफुलाइ लागेको बताउँनु भयो । बिद्यालय व्यावस्थापन समितकिा अध्यक्ष रेशम बहादुर पाख्रीनले शैक्षिक गुणस्तर पालिकाको मात्र नभए र सिन्धुपाल्चोककै नमुना बनाउन जिर्ण भवन मर्मत गराउने, स्कुल प्रागणमा ढुङ्गा विक्षाउने,स्कुल कोष खडा गरेर अघि बढ्ने बताउनु भयो । विद्यालयमा +२ कक्षा १२ सम्म पढाइ हुँदै आएको विद्यालयमा सिबिल ईन्जिनियरिङ समेत पढाइ हुने विद्यालयमा २०७२ को बिनासकारी भुकम्पले क्षती पुर्याएको भवनहरू अझै बनिनसकेका कारण छात्राबास र कक्षाकोठाको अभाव हुँदा समस्या भएको बिब्यसका अध्यक्ष पाख्रीनले बताउनुभयो । विद्यालयको प्रधानध्यापक कृष्ण प्रसाद दङ्गालले बिद्यालयको बारेमा जानकारी दिदै बिद्यालयमा छात्रबासको समस्या भएको र
उक्त समस्यको बाबुजुत पनि छिमेकी जिल्ला काभ्रेपलाञ्चोक र दोलखा समेत गरी सिभिल ईन्जिनियरिङ अध्ययनका लागी १३६ जना बिद्यार्थी बिद्यालयमा रहेको बताउँदै त्यस मध्य ६२ जना छात्रबासमा बस्ने गरेको अरु सबै भाडामा बस्ने गरेको बताउँनु भयो । उँहाले छात्रबास पनिी भाडामा प्रयोग गरिरहेको बताउँदै तत्काल छात्रबासको लागि आफ्नो भवन बनाउँन पर्ने आबश्यकता रहेको बताउँनु भयो । उँहाले निजी स्रोतको शिक्षक ६ जना , दरबन्दीका शिक्षक २७ जना रहनु भएको जानकारी दिदै बिद्यालयमा १ देखि १० कक्षा सम्म अध्यन गर्ने बिद्यार्थी सख्ंया ४६० रहेको र ११, १२ कक्षामा अध्यनरत १५० जना रहेको समेत जानकारी दिनु भयो र सो अबशरमा भवन अभाव कारण पाढाईमा समस्या रहेकोले भवन, बनाउन र बिद्यालय संचालनमा सयोग गर्न पनि विद्यालयको प्रधानध्यापक कृष्ण प्रसाद दङ्गालले सबै सँग आग्रह समेत गर्नुभयो । त्यसैगरी नेपाली काँग्रेस सुनकोसी गाँउपालिका सभापति समेत रहनु भएका समाज सेवी रूपकाजि लामाले आफुले अध्यन गरेको विद्यालय शिक्षामा गुणस्तर गरी विद्यार्थी स्तरउन्नतिका लागि विद्यालय प्राँगणको गेट बनाउने र ब्लक बिक्षाउने काम जति लाग्छ ब्यक्तिगत सहयोग गर्ने बताउनु भयो । शैक्षिक गुणस्तर कायम गर्न मुख्यतया शिक्षकहरुनै क्रियाशील हुनुपर्ने समेत लामाले बताउनुभयो । कार्यक्रममा पुर्ब बिव्यस अध्यक्ष तथा पुर्ब प्रजिअ नेत्र बहादुर कार्कीले बिद्यालको शैक्षिक अबस्था सुधार गर्नका लागी शिक्षकमात्र होइन अभिभावकको पनी भुमिका रहने बताउँनु भयो । कार्यक्रममा बिद्यालयका संरक्षक डि.एन.पराजुली(डाकुरनाथ),पुर्ब बिव्यसअध्यक्ष प्रेमलाल लामा,उमाबी सस्थापक सानुकाजी थापा,डा.नानीराम सुबेदीउद्धब थापा लगाएतले बिद्यालयलाइ आबश्यक पर्ने सहयोग गर्ने जनाउँनु भयो । यसरी शिक्षा बिकासका लागी चासो देखाएर अन्तरक्रीया कार्यक्रम गरेर बिव्यस अध्यक्ष पाख्रीन, प्रअ दङ्गाल लगाएत बिद्यालय परिबारले राम्रो काम गरेको सहभागीहरुले बताएका टन भने सिन्धुपाल्चोक जिल्लामा नै यो पहीलोपटक अन्तरक्रिया कार्यक्रम गर्ने बिदालय भएको पनी सहभागीहरुले बताएका छन ।