सम्पर्क

ब्रेकिङ न्युज १

स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेको छ ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरअस्पतालमा शुक्रबार सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्दै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेकोले यसको सुरुवात भईसकेको बताउनुभयो । त्यसको सुरुवात भइसकेको र शिक्षा, स्वास्थ्य, खानेपानी, पुलपुलेशा, बाढीबाट क्षतिग्रस्त संरचना पुननिमार्ण लगायतको काममा आफु निरन्तर लागिरहेको भन्दै अब विकासको कार्यले गतिलिने बताउनुभयो । सांसद बस्नेतले अब छिट्टै पुल निमार्णका लागि टेण्डर आह्वान हुने भन्दै समयमै पुल बन्ने कुरामा ढुक्क हुन समेत आग्रह गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सिन्धुपाल्चोकको विकासको लागि आफुले जस्तोसुकै परिस्थितिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिङ ला...

डिजिटल पत्रकारिता तालिम सुरु

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने तालिमलाई चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकालको मेयर कृष्ण प्रसाद सापकोटाले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा नगरपालिकाको साथ, समर्थन रहने प्रतिबद्धता व्यक्त गनुभयो । उहाँले जिल्लाको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो । डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त व्यक्त गनुभयो । बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटाले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका...

सूचनाको हक विषयक अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय सूचना आयोगको समन्वयमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगको आयुक्त कमला ओली थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त ओलीेले सही सूचनालाई राज्यले पनि सही ढंगबाट सम्वोधन गर्ने र मुलुक पनि परिवर्तनको मार्गमा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै गलत सूचनाले समाजमा विग्रह हुने भएकाले सही सूचना संप्रेषणका लागि सञ्चारकर्मीहरु प्रतिवद्ध भएर लाग्न पनि अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सूचनाको हकलाई कार्यान्वयन गर्दा गोपनीयताको पक्षलाई भूल्न नहुने बताउनु भयो । बिहिबार जिल्लाका संचारकर्मीको सहभागिता रहेको उक्त कार्यक्रममा स...

मोटरसाइकल मर्मत तथा वर्कसप तालिम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशीमा मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ । सुनकोशी गाउँपालिकाको आर्थिक सहयोगमा दुई महिने सीप मुलक मोटरसाइकल मर्मत कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिका अथ्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले तालिमका सहभागीहरुलाई प्रमाण पत्र तथा आबश्यक उपकरणका सामग्रीहरु हस्तान्त गर्दै तालिम अवधिभर सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । बढ्दो सवारी साधनलाई मध्येनजर गर्दे युवाहरुलाई मोटरसाइकल मर्मतको तालिम दिएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो । तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छी लामा ,प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल ,वडा नम्बर ३ का वडा अध्यक्ष इश्वर लामा लगायतको उपस्थिती रहेको थियो ।...

डढेलोले वन सखाप

ब्रेकिङ न्युज १, समाचार
\सुख्खा मौसमको सुरुवातसँगै सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोका कारण नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ को सोपडाडा सामुदायिक बनको ७ हेक्टर, वडा नम्बर –६ को सिता माहादेब सामुदायिक बनको ११ हेक्टर, वडा नम्बर –७ को सिद्धी गणेश सामुदायिक वनको २५ हेक्टर , वडा नम्बर –७ बाजबिसौना मुनि सामुदायिक बनको ३१ हेक्टर जङ्गल डढेलोले सखाप भएका छन् । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका –६ मा रहेको भिरकुना सामुदायिक बनमा ५ हेक्टर , पिपलडाँडा सामुदायिक वनमा २० हेक्टर , वडा नम्बर – १३ को श्रीछाप सामुदायिक बनको १७ हेक्टर जङ्गलमा डढेलो लागेको छ । जिल्लाकै सुनकोशी गाउँपालिका वडा नम्बर –३ मा रहेको उखुबारी झिंगेटार कल्लेरी सामुदायिक बनको १५ हेक्टर, वडा नम्बर – ६ को गोल्मे सामुदायिक बनको ३५ हेक्टर, वडा नम्बर –३ को थुम्कीपाखा सामुदायिक बनको ७ हेक्टर जङगल डढे...

जनहित दुग्ध उत्पदक सहकारी सस्थाको बार्षिक साधरण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा रहेको जनहित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औ साधरण सभा सम्पन्न गरेको छ । साधरण सभामा वडा अध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा र सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घा टन गर्दै वडा अध्यक्ष उद्वब प्रसाद नेपालले डडुवालाई तरकारी पकेटक्षेत्र बनाउँन लागिएकोमा सबैले यस तर्फ सहयोग पुग्ने गरी कार्यक्रम गर्न अनुरोध गर्नुभयो । उहाँले दुग्ध उत्पादनमा समस्याहरु समाधान गर्दै नगरपालिकाले दुग्ध उत्पादाक कृषकलाई सुत्केरी प्रोत्साहन दिएको र दुधमा समेत अनुदान दिएकोले यसको सहीसदुपयोग गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । वडामा रहेको जनहित दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुको छरिएर रहेको दूधलाई सङ्कलन गरेर एक मुष्ट बिक्री गरि कृषकलाई सहयोग गरिरहेकोमा बिशेष धन्यबाद दिनुभयो । कार्यक्...

सिपाघाटमा ५४ जनाद्धारा रक्तदान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
मण्डन देउपुर नगरपालिका ६ सिपाघाटमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । नेपाल भारत मैत्री संघ काभ्रे शाखा गठन तथा कार्यालय उद्घाटनको अवसरमा शनिबार नेपाल भारत मैत्री संघ काभ्रे शाखाको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा बृहत् रक्तदान कार्यक्रममा गरेको हो । मण्डन देउपुर नगरपालिको उपप्रमुख बिष्णुमणी नेपाल, वडा नम्बर ६ का अध्यक्ष सोमप्रसाद ढकाल लगायत , स्थानीय , शिक्षक, कर्मचारी लगायत ५४ जनाले रक्तदान गरेको स्थानीय रमेश ढकालले जानकारी दिनुभयो । नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ओमप्रकाश सरावगीको उपस्थितिमा बिश्वराम श्रेष्ठको अध्यक्षतामा काभ्रे शाखा पनि गठन गरिएको छ । सचिवमा सुर्यप्रसाद ढकाल, कोषाध्यक्ष उत्तम लामा सहित ७ सदस्य समिती गठन गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष सरावगीले बताउनुभयो । सोही अवसरमा ६० जनाले संघको आजिवन सदस्यता लिनुभ...

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं ः सञ्चारमन्त्री शर्मा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं ः सञ्चारमन्त्री शर्माकाठमाडौं, वैशाख ८ –सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउँनु भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताउँनु भएको हो । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भोग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउँनु भयो । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफुले पाएको बताउँदै मन्त्रीले त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रका...

काठमाडौँको आकाश कहिले खुल्छ ?

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, ८ वैशाख (रासस) : सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ । आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस छ । नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ ।ण् आज काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । बिहीबार काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्रिसेल्सियस रहेको थियो । काठमाडौँमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ । तापक्रम बढेकाले तर...

डडुवा, रानीटार र झुलेटारमा फस्टाएको तरकारी खेती

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
चौतारा, ५ वैशाख । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन् । दुईचार पैसाका निम्ति निकै कष्ट भोगेको  नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ । गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेकाछन् । उनी भन्छन्, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ । हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्...