सम्पर्क

जनहित दुग्ध उत्पदक सहकारी सस्थाको बार्षिक साधरण सभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा रहेको जनहित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औ साधरण सभा सम्पन्न गरेको छ । साधरण सभामा वडा अध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा र सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घा टन गर्दै वडा अध्यक्ष उद्वब प्रसाद नेपालले डडुवालाई तरकारी पकेटक्षेत्र बनाउँन लागिएकोमा सबैले यस तर्फ सहयोग पुग्ने गरी कार्यक्रम गर्न अनुरोध गर्नुभयो । उहाँले दुग्ध उत्पादनमा समस्याहरु समाधान गर्दै नगरपालिकाले दुग्ध उत्पादाक कृषकलाई सुत्केरी प्रोत्साहन दिएको र दुधमा समेत अनुदान दिएकोले यसको सहीसदुपयोग गर्न समेत सबैलाई अनुरोध गर्नुभयो । वडामा रहेको जनहित दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुको छरिएर रहेको दूधलाई सङ्कलन गरेर एक मुष्ट बिक्री गरि कृषकलाई सहयोग गरिरहेकोमा बिशेष धन्यबाद दिनुभयो । कार्यक्रममा नेत्रज्योती कृषी सहकारी सस्थाका सचिब नेत्र बहादुर बस्नेतले कृषी उत्पादनमा नगरपालिकाले सहयोग गरिरहेको तर कृषकले त्यसको सदुपयोग गर्न पर्ने दुग्ध सहकारीले दुध उत्पादन वृद्धी गर्नका लागी बिशेष कार्यक्रम ल्याउँन पर्ने बताउँदै कृषी उत्पादनमा सबै लाग्न पर्ने बताउँनुभयो । संस्थाका सचिव भेष बहादुर नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सदस्यहरुले पशु बिमा तथा दानाको ब्यवस्था दुग्ध सहकारी सस्थाले गर्न पर्ने बताउँनुभयो । सभाको सभापतित्व गरिरहनु भएका अध्यक्ष बद्री प्रसाद नेपालले सस्थाको शेयर लिनका लागी सँधै ढोका खुल्ला रहेको र संस्थामा नियमित दुध बिक्री गर्नेहरुलाई स्वत शेयर सदस्य बन्ने व्यबस्था भएको बताउँनु भयो । उहाँले पशु बिमा गर्नका लागी संस्थामा सम्पर्क राख्न सदस्यहरुलाइ अनुरोध गर्दै दुध उत्पादनमा लागी पर्नका लागी संस्थाले कृषकलाई कर्जाको समेत ब्यवस्था गरिएको बताउँनुभयो ।