सम्पर्क

सिपाघाटमा ५४ जनाद्धारा रक्तदान

मण्डन देउपुर नगरपालिका ६ सिपाघाटमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । नेपाल भारत मैत्री संघ काभ्रे शाखा गठन तथा कार्यालय उद्घाटनको अवसरमा शनिबार नेपाल भारत मैत्री संघ काभ्रे शाखाको आयोजनामा इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा बृहत् रक्तदान कार्यक्रममा गरेको हो । मण्डन देउपुर नगरपालिको उपप्रमुख बिष्णुमणी नेपाल, वडा नम्बर ६ का अध्यक्ष सोमप्रसाद ढकाल लगायत , स्थानीय , शिक्षक, कर्मचारी लगायत ५४ जनाले रक्तदान गरेको स्थानीय रमेश ढकालले जानकारी दिनुभयो । नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष ओमप्रकाश सरावगीको उपस्थितिमा बिश्वराम श्रेष्ठको अध्यक्षतामा काभ्रे शाखा पनि गठन गरिएको छ । सचिवमा सुर्यप्रसाद ढकाल, कोषाध्यक्ष उत्तम लामा सहित ७ सदस्य समिती गठन गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष सरावगीले बताउनुभयो । सोही अवसरमा ६० जनाले संघको आजिवन सदस्यता लिनुभएको थियो ।रक्तदातालाई केन्द्रिय अध्यक्ष सरावगी प्रमाणपत्र प्रदान गर्नुभयो ।रक्तदान रेडक्रस भक्तपुर शाखाको प्राबिधिक सहयोगमा भएको हो ।