सम्पर्क

डिजिटल पत्रकारिता तालिम सुरु

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने तालिमलाई चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकालको मेयर कृष्ण प्रसाद सापकोटाले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा नगरपालिकाको साथ, समर्थन रहने प्रतिबद्धता व्यक्त गनुभयो । उहाँले जिल्लाको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो । डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त व्यक्त गनुभयो । बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटाले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालिमले सघाउने धारणा राख्नुभएको थियो । यस्तै नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दिपशङ्कर चौलागाईले डिजिटल पत्रकारिता आजको आवश्यकता हो भन्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जिवन श्रेष्ठले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा करिब ४० जनाको सहभागिता छ ।