सम्पर्क

सूचनाको हक विषयक अन्तरक्रिया

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र राष्ट्रिय सूचना आयोगको समन्वयमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगको आयुक्त कमला ओली थापाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त ओलीेले सही सूचनालाई राज्यले पनि सही ढंगबाट सम्वोधन गर्ने र मुलुक पनि परिवर्तनको मार्गमा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै गलत सूचनाले समाजमा विग्रह हुने भएकाले सही सूचना संप्रेषणका लागि सञ्चारकर्मीहरु प्रतिवद्ध भएर लाग्न पनि अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले सूचनाको हकलाई कार्यान्वयन गर्दा गोपनीयताको पक्षलाई भूल्न नहुने बताउनु भयो । बिहिबार जिल्लाका संचारकर्मीको सहभागिता रहेको उक्त कार्यक्रममा सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका सूचना अधिकारीहरुको उपस्थिती रहेको थियो ।