सम्पर्क

मोटरसाइकल मर्मत तथा वर्कसप तालिम

सिन्धुपाल्चोक जिल्लाको सुनकोशीमा मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ । सुनकोशी गाउँपालिकाको आर्थिक सहयोगमा दुई महिने सीप मुलक मोटरसाइकल मर्मत कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिका अथ्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले तालिमका सहभागीहरुलाई प्रमाण पत्र तथा आबश्यक उपकरणका सामग्रीहरु हस्तान्त गर्दै
तालिम अवधिभर सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । बढ्दो सवारी साधनलाई मध्येनजर गर्दे युवाहरुलाई मोटरसाइकल मर्मतको तालिम दिएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो । तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छी लामा ,प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल ,वडा नम्बर ३ का वडा अध्यक्ष इश्वर लामा लगायतको उपस्थिती रहेको थियो ।