सांसदसँग रासस- संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताउनुभयो । “सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाह भन्नुहुन्छ, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ...
