सम्पर्क

वडा सदस्य गिरी द्धारा स्वास्थ्य सामाग्री बितरण

सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्यहरु तथा दिलिप गिरिलगाएतले नगरका ७,८,९,१०मा स्वास्थ्य सामाग्री बितरण गर्नू भएको छ। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ स्थित इर्खु स्वास्थ्य चौकीलाइ Oxygan Concentarator Machine १ थान र जल्केनी स्वास्थ्य कार्यलयलाइ २थान वडा नं ९लाइ २थान र ७लाइ १थान मेसिन दिइएको छ प । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्य दिलिप गिरिले आइतबार उक्त कन्स्ट्र्रेटर मेसिन वडा न ८का वडा अध्यक्ष मार्फत इर्खु स्वास्थ्य चौकीलाइ प्रदान गर्नू भएको हो ।  वडा न ९ंका वडा अध्यक्ष बिमल श्रेष्ठले आफ्नो वडा सदस्य दिलिप गिरी ,र कुल बहादुर कार्की, भगवान गिरी , मङ्गल बहादुर श्रेष्ठ, हरिशरण गिरी र खिल राज गिरीको सहयोगमा उक्त सामान दिइएको बताउँनु भयो । वडा नं ८का अध्यक्ष अमृत दङ्गालले वडा नं ७,८,९,१० लगाएतका नागरिकहरुले सुबिधा पाउँने बताउँनु भयो । उँहाले स्वास प्रस्वासको समस्या भएका बिरामीहरुको लागी अती उपयोगी यो मेसिनका लागी पहल गरिदिने नेपाली काँग्रेस चौतारासाँष््गाचोकगढी नगरपालिका सचिब भगवान खड्का, वडा नं ९का वडाअध्यक्ष बिमल श्रेष्ठ, र मेसिन सहयोग गर्नु हुने दिलीप गिरी लगाएतका हरुलाइ बिशेष धन्यबाद दिदै यस्ता सहयोगीहरुलाइ सधै सम्झीरहने बताउँनु भयो । यसै गरी चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ९ निवासी श्री दिलिप गिरि लगाएतले वडा नं १०को अध्यक्ष निल बहादुर तामाङको बिशेष पहलमाOxygan Concentarator Machine २ थान र Nojal Mask ७९ थान वडा नं १० वडा कार्यलयमा सहयोग गर्नु भएको छ । यसरी आफ्नो वडालाइ सहयोग गरेकोमा वडा अध्यक्ष तामाङले उहाँ र उहाँको परिवारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएको छ । उँहाले अगामी दिनहरुमा पनिे साथ र सहयोगको अपेक्षा राख्दैे व्यक्तिगत का साथै वडा नं १०को परिवारबाट पनि धेरै धेरै धन्यवाद दिन चाहाछु भन्नु भएको छ । यसै गरी वडा नं ७लाइ पनी १थान दिइएको छ ।