सम्पर्क

सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ मन्त्री दुलाल

बागमती प्रदेस भौतिक तथा पूर्वाधार विकास मन्त्री युबराज दुलालले सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ, अनी मात्र बिद्यालयको स्तर उन्नती भएको मानीने छ भन्नु भएको छ । उँहाले बिद्यार्थी र अभिभावकको मन जित्नु भनेकै गुणस्तरिय शिक्षा हो यसका लागी सामुदायीक बिद्यालयले श्रोत र साधनले भ्याए सम्म शिक्षा सिकाइलाइ गुणस्तरिय बनाउँनु पर्छ भन्नु भएको छ । उँहाले उक्त कुरा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर पालिका वडा नं ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालय लाइ बस हस्तानन्तरण गर्दै यस्तो बताउँनु भएको हो । बागमती प्रदेश सरकारको २० वटा नमुना विद्यालय मध्येको एउटा नमुना विद्यालय सिद्धी गणेश माबी पनी हो भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा आफुले जोड दिएको बताउनुभयो । विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा सामुदायिक विद्यालय पर्नेगरी शिक्षामा सुधार गर्दै लैजान पर्ने बताउँदै विद्यालयका विद्यार्थी पनि घरदैलो बाटै बस चढेर विद्यालय पुग्न पाउने भएपछि केही संख्या बढ्न सक्छ। तर, संख्या बढाएर मात्र हँुदैन सख्ंया सँगै शिक्षाको गुणस्तर पनी बढाउँन पर्छ भन्नु भयो । कार्यक्रममा बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक बिकास शाखा संयोजक वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमले सामुदायीक बिद्यालयको शिक्षा सिकाइ गुणस्तर हुँदै गएको र शिक्षा सिकाइमा शिक्षकहरुको भुमिका राम्रो भएकोमा खुशी लागेको बताउँदै गुणस्तरिय शिक्षाका लागी नगरपालिकाले शिक्षा क्षेत्रमा बिशेष लगानी का साथै निगरानी समेत गरिरहेको बताउँनु भयो । उँहाले सिद्धीगणेस माध्यमिक बिद्यालय मा भएको ब्यवस्थापन, अनुशासित शिक्षा सिकाइप्रती प्रअ यादब लगाएत सम्पुर्ण बिद्यालय प्रशासन व्यवस्थापन समिती,लाइ धन्यबाद समेत दिनु भयो । यसै गरीे ,वडाअध्यक्ष डम्बर बहादुर तामाङ्गले सिद्धीगणेश माबी वडामा मात्र नभइ नगरमा नै नमुना बन्न लायक भएको र यस बिद्यालयलाइ अब जिल्लाकै नमुनाको रुपमा बिकास गर्न पर्नेमा जोड दिदै यसका लागी सबेैको साथ र सहयोगको आबश्यक रहेको बताउँनु भयो । मन्त्री दुलाल पहिलो पटक सामाजिक विकास मन्त्री हँुदा सामुदायिक विद्यालयहरुलाई कसरी सुविधा सम्पन्न बनाउने भन्दै प्रदेश नमुना विद्यालय , आवासिय विद्यालय , विद्यालय बस , विद्यालय नर्स र हरियाली विद्यालय जस्ता प्रभाबकारी योजना तथा कार्यक्रम ल्याउँनु भएकोे थियो । सोहि कार्यक्रम अन्तरगत सिद्धी गणेश माबीलाइ विद्यालय बस हस्तान्तरण गरिएको हो । ४० सिट क्षमताको रहेको बसको चाबी मन्त्री युवराज दुलालले विद्यालयका प्रधानध्यापक राजकुमार यादवलाई हस्तान्तरण गर्नुभएको थियो । बिद्यालय बसको साँचो आफुले लिए पछी आप्mनो काँधमा जिम्मेवारी थपीएको बताउँदै प्रधानध्यापक यादबले गुणस्तरिय शिक्षा सिकाइका लागी बिद्यालय ब्यवस्थापन समिती र बिद्यालय प्रशासन लागी पर्ने बताउँनु भयो । कार्यक्रम बिद्यालय व्यवस्थपन समितीका अध्यक्ष रबीन गौतमको सभापतीत्वमा भएको थियो ।