सम्पर्क

प्राविधिक र सीपमूलक शिक्षा आजको आवश्यक्ता

 

विष्णुप्रसाद अधिकारी,

कुनै पनि रास्ट्रको विकासको निमित्त समाजका मानिसहरुले व्यवहारिक र प्राविधिक शिक्षा हासिल गर्नु अपरिहार्य छ।आजको युग विज्ञान र प्रविधिको युग हो,प्राविधिक ज्ञान आर्जन गर्नु भनेको आफ्नो खुट्टामा आफै उभिनु सरह हो । त्यस कारण केन्द्रदेखि स्थानीय तहको सरकारले आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने देखिन्छ । गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सकेमात्रू समृद्ध नेपाल ,सुखी नेपालीू भन्ने पन्ध्रौं योजनाको दीर्घकालीन लक्ष्य सार्थक हुने देखिन्छ। । हाल ं२ को अध्ययन सकेका विध्यार्थीहरु स्वदेश मै उच्च शिक्षा हासिल गर्नभन्दा पनि भाषा सिकेर विभिन्न देशमा रोजगारीका लागि जान लर्को लागेको देखिन्छ ,यस्तो परिस्थिति सिर्जना हुनुको कारण राज्यले प्राविधिक तथा व्यावसायिक शिक्षालाई भन्दा सैद्धान्तिक शिक्षालाई जोड दिनु नै प्रमुख रहेको छ।विद्यार्थीहरुलाई रटन्ते विद्याको साट्टो केही गरेर खान सक्ने प्राविधिक ,व्यावसायिक तथा सृजनात्मक शिक्षा दिन सके उनीहरुको पढाइप्रति रुचि बढ्ने कुरालाई नकार्न सकिन्न । स्थानीय सरकार आएपछि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एक चासोको विषय बनेको छ,जस अनुरुप विद्यालय सुधार योजना ,शैक्षिक योजना तयार पारी शैक्षिक उपलब्धि हासिल गर्न खोजिए तापनी अनुगमनको पक्ष फितलो हुँदा अपेक्षाकृत लक्ष्य हासिल गर्न सकिएको छैन। शिक्षक ,विद्यार्थी ,अभिभावक ,प्रशासन ,विव्यस ,स्थानीय सरकार सबैको मिलेमतोबाट मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सकिने तर यहाँ एकले अर्कालाई दोष थुपार्ने प्रवृत्ति हाबी भएको हुँदा समस्या जस्ताको तस्तै रहेका छन् । अर्को तर्फ राज्यले शिक्षकलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरी हजारौं अस्थायी प्रकृतिका शिक्षकहरुका समस्या समाधान गर्ने कुरामा ध्यान नदिँदा शिक्षकहरु आफ्नो जागीरकै ग्यारेन्टी नहुनाले उत्प्रेरित हुने नगरेको देखिन्छ ।राज्य अहिले संघीय शिक्षा ऐन पारित गर्ने अन्तिम चरणमा छ।त्यस ऐनमा शिक्षक पेशालाई एक आकर्षक पेशाको रुपमा व्यवस्था गर्नु,शिक्षकका कयौं समस्या समाधान गर्नु ,सैद्धान्तिक भन्दापनि सीपमुलक शिक्षाको पाठ्यक्रम तयार गरी लागू गर्ने जस्ता प्रावधान राख्न सके देशको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आइ समृद्ध नेपाल ,सुखी नेपालीको नारा सार्थक हुने कुरामा ढुक्क हुन सकिन्थ्यो।
लेखक (विष्णुप्रसाद अधिकारी
हिस्टुन ,पुर्व केन्द्रीय उपाध्यक्ष