सम्पर्क

फेरी सलबलाए जुरे पहिरो

सिन्धुपाल्चोकको जुरेमा फेरी सुख्खा पहिरो गएको छ । आज बिहान करिब ९ बजेदेखी जुरेमा सुख्खा पहिरो खस्न थालेको छ । पहीरोले सडक अवरुद्ध तथा कुनै मानवीय क्षती भने भएको छैन । आजभन्दा ठीक नौ वर्षअघि २०७१ साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरिएको थियो । १४५ जनाको ज्यान समेत गएको थियो भने सयौँ मानिस विस्थापित भएका थिए ।
यस बर्ष आज बिहानैदेखी जगंलको बिचबाट पहिरो गई रहेको छ । त्यहाँ कुनै मानवीय बस्ती नभएका कारण कुनै क्षेती भने भएको छैन र सडक पनी अबरुद्ध भएको छैन ।

 

 

 

 

 

 

तस्वीर सामाजिक संञ्जाल फेसबुकबाट