संविधानले दिएको अधिकार कार्यन्वयनमा चुनौतीः अमृता नेपाल
महिलाहरुका लागी संविधानले धेरै अधिकार दिएको भएता पनी कार्यन्वयन गर्न चुनौती रहेको बागमती प्रदेश सभाका सदस्य माननीय अमृता नेपाले बताउँनु भएको छ । उहाँले चौतारा साँगाचोकगढी नगरपालिकाद्धारा आइतबार आयोजित ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा लैङ्गीक हिसां भनेको महिलालाई मात्र हुने होइन पुरुषमा पनी हुन्छ भन्नु हुँदै हरेक हिसांको अन्त गर्न सबै कटीबद्ध भए लाग्न पर्ने बताउँनु भयो । उहाँले ५१ प्रतिशत महिलाहरु रहेका हाम्रो देशमा ३३ प्रतिशत कोटा हुँदा समाबेशी नभएको होकी भन्दै सबै महिलाहरुलाई कसरी एकताबद्ध गराउँने र स्वरोजगारका लागी कसरी कार्यक्रम गर्न सकिन्छ भनेर बागमती प्रदेस सरकारले कार्यबिधी बनाउँदै गरेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले संघर्ष र बि...
