सम्पर्क

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यकः पुर्बराजा ज्ञानेन्द्र

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यक रहेको र्पुब राजा ज्ञानेन्द्र बिरबिक्रम शाहले बताउँनु भएको छ । भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देश चलाउन, देश बनाउन र देश बचाउन आफूलाई जनताले आह्वान गरिरहेको बताउँदै देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानुपरेको कारण देश सम्हाल्न जनताले आह्वान गरेका छन् भन्नु भयो ।( हामीलाइ प्राप्त बक्तक्ब्य हेर्न यँहा KingSambhodhanBhairawalyथिच्नुहोस)पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विगत र वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै आफु नेपालमा नै रहेको हरेक समय नेपाली दाजुभाइ तथा दिदी बहीनहरु सँगै रहेको बताउँनु भयो । ‘जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु,’ ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु ’ भन्दै आफू जनताको साथमै रहेको भन्दै कतै नगएको बताउँनु भयो । उँहाले ‘म बोलिरहेछु देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्खाको भावना अहिले पनि पोखिरहेको छु,’ ‘म कतै गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु ।’ उँहाले ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनैपर्दछ,’ सबैलाई एक ठाउँमा उभिन आह्वान गर्नु भयो । कार्यक्रममा अभिनन्दन समारोह समितिले उँहालाई नागरिक अभिनन्दन गरेको थियो । राप्रपाका रुपन्देही उपाध्यक्ष तथा अभिनन्दन समारोह समितिका सहसंयोजक अजय गुप्ताले कार्यक्रममा रुपन्देही, कपिलवस्तु र नवलपरासीबाट सर्वसाधारण कार्यक्रममा सहभागी भएको बताउँनु भयो ।