सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सेवा दिने भवन भन्दा पनी सेवाग्रहीलाइ सेवा राम्रो दिन पर्नै बताउँनु भएको छ । उँहाले मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहिवार शिलान्यास गर्नु हँुदै यस्तो बताउँनु भएको हो । सेवा ग्रहीले पाउँने सबिधाका बारेमा कुनै पनी कमी कम्जोरी हुन नदीनका लागी व्यवस्थीत र कागजात सुरक्षितका लागी भवन पनी आबश्यकता अनुसार राम्रै चाहीने बताउँदै नागरिकको सुबिधका लागी मेलम्ची नगरपालिकाले हरेक कार्यक्रमहरु गरिरहेको बताउँनु भयो ।
उँहाले अहलिे नागरिकलाइ भाषण, आश्वशन होइन काम चाहीएको छ भन्नु भयो । उँहाले सुबिधा सम्पन्न भवन मात्र भए र हुँदैन त्यसबाट सेवाग्रहीले कती सेवा पाए र कती सेवाग्रहीको मन सन्तुष्टी रह्यो त्यसमा भर पर्ने बताउँदै मेलम्ची नगरपालिकाका कर्मचारी, जनप्रतिनीधीहरु सबैले नागरिकले पाउँने सेवा छिटो छरितो र जनमुखी भएकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख तामाङले समयमै गुणस्तरीय कार्य गरि भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । यसै गरी उप प्रमुख उमा प्रधानले सम्झौता अनुसार समयमा नै योजना सम्पन्न गरी स्तरिय भवन निर्माण गर्न निर्माण कम्पनीलाइ आग्रह गर्नू भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतको अतिथ्यतारहेको थियो ।।जुगल हिमशिखर ÷केदार निर्माण सेवा जेभिले २ करोड ८५ लाख ३ हजार तीन सयमा ठेक्का पाएको ३ तल्ले भवन १८ महिनामा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रोपाइटर अमर दोङले जानकारी दिनुभयो ।
