नगरिकको समस्या समधान र स्थानीय बिकासकालागी हरेक स्थानमा युवाहरुको नेतृत्व हुन पर्ने बागमती प्रदेस सभा सदस्य कृष्ण कुमार तामाङ (समिर)ले बताउँनुभएको छ ।
उँहाले उक्त कुरा हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास समारोहमा बोल्दै बताउँनु भएको हो । तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताउँदै आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।उँहाले सबै धर्म, सस्कार आफ्नो लागी बराबरी भएको बताउँनु हुँदै आफ्नो पुर्खाले मानी आएको सस्कार र सस्कृतीको नियममा आफुले काम गरिरहेको बताउँनु हुँदै संस्कार र सस्कृतीको बिकास गर्दै समाज बिकासमा सबै लागी पर्नू पर्नै बताउँनु भयो । सो अबशरमा तामाङले हरेक कामका लागी युवा नेतृत्वको आवश्यकता रहेको हँुदा हेलम्बुबाटै अब युवा नेतृत्व उदाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नम्बर–२ वडाअध्यक्ष पेम्बा लामा,गुम्वाका प्रमुख लामा,गुम्वा ब्यबस्थापन समितिका सदस्यहरु स्थानीयहरुको उपस्थिति रहेको प्रदेश सभा सदस्यका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो । उँहाका अनुसार ०७२ सालको भूकम्पले गुम्बाको भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले क्षतविक्षत बनाएको गुम्बा पुननिर्माण हुन सकेको थिएन । प्रदेश सभा सदस्य तामाङ निर्वाचित भएर गएपश्चात् उँहाकै पहलमा वागमती प्रदेश सरकारको बजेटमा गुम्बा पुननिर्माणको सुरुवात भएको हो ।
