सम्पर्क

सन्तोषी आयल स्टोरले मेलम्चीको इज्जत बढायोः नगरप्रमुख तामाङ

स्थानीय स्तरमा सञ्चालन हुने उद्योगलाई मेलम्ची नगरपालिकाले प्राथमिकतामा राखेर हुन सक्ने र नियमले मिल्ने सम्म सहयोग गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ ।
बुधबार मेलम्ची नगरपालिका वडा नं. ११ धितालबेशी स्थित नमुना सन्तोषी आयल स्टोर (पेट्रोल पम्प) को उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले उक्त क्षेत्र मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका, हेलम्बु लगाएतका गाउँपालिकाहरुका नागरिकलाई यो पम्प स्थापनाले धेरै सहयोग पुगेको बताउँदै पम्प सञ्चालकको लगनशिलताले सम्भव भएको बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथी तामाङले मेलम्चीमा आयल स्टोर सञ्चालनमा आएसँगै मेलम्ची नगरपालिकाको पहिचान र इज्जत बढेको बताउनुभयो । क्षेत्र नम्बर २ को केन्द्रमा सञ्चालित पेट्रोल पम्पले यहाँका नागरिकलाई सहजता हुने बताउँदै प्रमुख तामाङले लामो समयको मेहेनत र पहलपछि निर्माण भएको आयल स्टोरको सफलताको कामना गर्नुभयो ।
आर्थिक रूपमा चरम संकट रहेको अवस्थामा पनि यति ठुलो लगानि गर्नु चुनौति रहेपनि त्यो आवश्यकता नै रहेको उहाँको भनाई थियो । साथै उद्योगी व्यावसायीलाई योजना सहित पालिकासंँग समन्वय गर्न आग्रह पनि गर्नुभयो । बिशेष अतिथी उपप्रमुख उमा प्रधानले यो पम्प खोलेर स्थानीय स्तरमा रोजगारको समेत ब्यवस्था गर्दै नगरपालिकालाई सहयोग गरेको बताउँनु हँुदै सन्तोषी हार्डवयरबाट सुरु भएको उद्योग आयलस्टोरमा आएकोमा विशेष धन्यबाद दिनुभयो । पाँचपोखरी थाङ्पालधाप गाउँपालिकाका अध्यक्ष टासी लामाले मेलम्चीमा पम्पको आबश्यकता थियो, आबश्यकता पूरा गर्न सुभाष बानियाँले खेलेको भुमिकाको प्रशंसा गर्दै पालिकाबाट गर्न पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उद्योग बाणिज्य संघका उपाध्यक्ष रामकृष्ण चालिसेले देशमा रोजगारको व्यवस्था र अर्थतन्त्रको स्थायी श्रोत उद्योग भएपनी सरकारले उद्योगीहरुलाई खासै सहयोग गर्न नसकेको बताउँनु भयो । स्थिती जस्तो सुकै भएपनी मेलम्चीमा पम्प राखेर उद्योगीहरुलाई ठुलो सहयोग गरेकोमा सन्ताषी आयल स्टोरका सञ्चालक सुबास बानीयाँलाई बिशेष धन्यबाद दिनुभयो । उद्घाटन समारोहमा मेलम्ची नगरपालिका वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, मेलम्ची नगरपालिकाका पूर्व नगरप्रमुख डम्बर बहादुर अर्याल, उद्योग बाणिज्य सहासंघ मेलम्चीका महासचिव तारा बहादुर बानियाँ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्चीका अध्यक्ष सालिकराम अधिकारी, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका समाज उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष उपेन्द्र तामाङ लगायतले मेलम्चीका लागी आयल स्टोर आवश्यक रहेकोमा अब यसको पूर्ति भएको बताउँदै निरन्तरताका लागि शुभकामना दिनुभएको छ ।           
मेलम्ची ११ स्थित धितालबेँशीमा सन्तोषी आयल स्टोरको आइतमान तामाङले उद्घाटन गरेसँगै स्टोरबाट तेल बितरण समेत सुरु भएको छ । १६ हजार लिटर पेट्रोल र ४८ हजार लिटर डिजेल गरी ६४ हजार लिटर भण्डारण क्षमता रहेको स्टोर लामो समयको प्रयासपछि सञ्चालनमा ल्याउन सफल भएको बताउँदै कार्यक्रमका सभापति तथा सञ्चालक सुवास बानियाँले योे एउटा सेवाको व्यावसाय भएको र उपभोक्ताको लागि सरल र सहज सेवा दिन आफुहरू लागिरहने बताउनुभयो । उद्घाटन समारोहमा निर्वाचित तथा पुर्व जनप्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, उद्योगी तथा व्यावसायिहरू, राजनितिक दलका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू लगायत स्थानियहरूको सहभागीता रहेको थियो ।