सम्पर्क

माओवादी सहित विभिन्न पार्टी परित्याग गरि १७ जना कांग्रेसमा प्रवेश

नेकपा माओवादी सहित विभिन्न पार्टी परित्याग गरि बलेफी गाउँपालिका वडा नं. ५ विन्जेलबाट १७ जना युवाहरु कांग्रेस प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामाले पार्टीको साधारण सदस्य समेत वितरण गर्दै स्वागत गर्नुभयो । नवप्रवेशीहरुको प्रवेशले पार्टीमा थप उर्जा बढाएको सभापति लामाले बताउनुभयो ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौ सम्पर्क समितीको कार्यालय चाबहिलमा आज भएको पार्टी प्रवेश कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली, कांग्रेस जिल्ला सदस्य सिके चौलागाईं लगायत नेताहरुको उपस्थिति रहेको थियो ।