पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.४ पिस्करमा रहेको मंगलामाई माबिले आफ्नो स्थापनाको ६२औं वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार भब्यरुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्षिक उत्सव समारोहको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आर्थिक कारण कुनै ब्यक्ति उपचारमा बन्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । आफुले शिक्षा क्षेत्रमा पहिला देखि नै उल्लेखनीय काम गर्दै आएकोले अझै सहयोग गर्न उद्दत रहेको बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकाको जनताको मन जित्ने गरि काम गर्न समेत जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । त्रिपुराको बिकासमा आफ्नो योगदान र सहयोग रहेको बताउदै अझै सहयोग गर्न सधै लागिपर्ने बताउनु भयो । निःशुल्क शिक्षाको अवधारणा आफ्नो र नेपाली काँगेसको रहेको जनाउदै शिक्षा निःशुल्क र सहज हुँदै गएको अभिभावकहरुले फाइदा लिन सक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले त्रिपुराको बिकासमा कुनै कसुर बाकी नराख्ने र दीर्घकालीन बिकास निर्माणका कार्यक्रम द्रुतगतिमा अगाडि बढेको बताउनु भयो।विद्यालयले घटदै गएको विद्यार्थी हरुको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउन लागी पर्न अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको हो । राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीले दमदार सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो भने शिक्षक नृत्य , विद्यार्थीहरुको नृत्यले कार्यक्रमको रौनक थपेको थियो ।
विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष लालबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल विशेष अतिथि , वडा नं. ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु ( विजय ), वडा नं. ५ तौथलीका वडा अध्यक्ष यादप श्रेष्ठ , वडा नं. २ चोकटीका वडा अध्यक्ष रमेश राउत , वडा नं. ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की , वडा वडा नं. ६ टेकानपुरका वडा अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा, वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, राष्ट्रिय विद्यालय व्यवस्थापन समितिको केन्द्रिय अध्यक्ष गुणराज मोक्तान, केन्द्रिय सचीव मन्जु भण्डारी ,शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे, स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाह लगायतका अभिभावक, विद्यार्थीको बाक्लो उपस्थिति रहेकोे थियो ।
कार्यक्रम एस.एल.सि टपर विद्यार्थी लागायत प्लस टु बिज्ञान पास गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो भने अबकाश प्राप्त शिक्षकहरु तथा साथी संस्था हेल्पलाई समेत सम्मान गरिएको थियो । हेल्पले विगत दुई बर्ष अगाडि देखि प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गराउने शिक्षक उपलब्ध गराएको छ भने साथी शिक्षक बिष्णु मिजार उत्कृष्ट शिक्षक भई सम्मानित समेत हुनुभएको थियो ।
