सम्पर्क

पेमाछाल उद्यान केन्द्रमा झन्डोत्तोलन तथा दीप प्रज्वलन

  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ को पर्यटकिय स्थल नागी थामडांँडा एवं पेमाछाल उद्यान केन्द्रमा १२० वटा झन्डोत्तोलन गरिएको छ ।
बुधवार बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समिर) को प्रमुख आतिथ्यतामा झन्डोत्तोलन तथा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरू, समाजसेवी,सुरक्षाकर्मी र स्थानीयवासिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व पाँचपोखरी–४ थाङपालकोटका वडाध्यक्ष कुलबहादुर बस्नेतले गर्नुभएको थियो ।