श्री जयवागेश्वरी भगवती (पाल्चोकी माई) संरक्षण समिती हेलम्बु–३ पाल्चोकद्वारा आयोजित २०८०–०१–०१ देखि २०८०–९–२१ सम्म सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको छ । शनिवार मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिरले स्थापना गरेको अक्षय कोष , मन्दिर संरक्षणका लागि नगद तथा जिन्सी सहयोग गर्नेलाई हेलम्बु गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक खडका , मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामचन्द्र श्रेष्ठ लगायतले प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।
सरसफाइ व्यवस्थापन तथा मन्दिर संरक्षणका लागि हेलम्बु –३ पाल्चोक हाल युएइ रहनु भएका दावा तामाङले ४ लाख १५ रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँ सहित विभिन्न व्यत्ती तथा संस्थाबाट हालसम्म ६ लाख ७३ हजार २४ रुपैयाँ संकलन भएको समितिका सचिव रामसिङ तामाङले जानकारी दिनुभयो ।सहयोग गर्न चाहनेले सदैव सहयोग गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्दिर संरक्षणका लागि साखु पलुवारी हाल अमेरिका रहनुभएका श्रीमान ÷ श्रीमती कृष्ण दगाल तथा सन्चिता पराजुलीले १ लाख , पाँचखाल हाल बौद्ध रहनुभएका भरतबहादुर बिश्वकर्माले ५५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै जिन्सी तर्फ हेलम्बु–३ पाल्चोक हाल काठमाडौ निवासी शिवराज सुनार र कमल सुनार (रसाइली) मार्फत ४.२१४ तोला सुन , ४० तोला चादी र अखण्द दिप सहयोग प्राप्त भएको समितिले जनाएको छ । मेलम्ची –११ का प्रेमनारायण लामिछानेले हजार लिटरको पानी ट्यान्की , र प्लास्टिक पाइप लगायत सय भन्दा बढिले नगद , जिन्सी सहयोग गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी हेलम्बु –३ का अध्यक्ष दिपक खडकाले सबै मिले सिन्धुपाल्चोकको गौरव पाल्चोक मन्दिरको विकास संगै पर्यटन प्रवर्द्धन हुने बताउनुभयो । उहाँले मन्दिरलाई पुरातत्त्व बिभागमा दर्ताको लागि प्रयास भै रहेको बताउनुभयो । कार्यक्रममा कलाकार चन्द्रप्रसाद कोईराला , पाल्चोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष जिमि तामाङ, पण्डित रामकृष्ण सुवेदी लगायतले मन्दिर संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
