सम्पर्क

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण हस्तान्तरण

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत, सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा विभिन्न दाताले दिएको सहयेगबाट स्वास्थ्य सामाग्रीहरु खÞरीद गरि उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजका महासचिव उत्सव खड्काले जानकारी दिनुभयो ।
जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवसको अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट बलेफि ४, ५, ६, ७ र ८ का वडाका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई उपकरण प्रदान गर्दै अभियानको सुरुवात गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजका उपाध्यक्ष माधव पौडेलले बताएउनुभयो ।
आवश्यकतालाई हेरी स्थानीय निकायहरु र स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीहरुसंग समन्वय गर्दै समाजले चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी, भोटेकोशी, बलेफी गाउँपालिकाका विभिन्न वडाहरुका गई महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रेसर नाप्ने उपकरण वितरण गरेको हो ।