सुनकोशी
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा नं. ५ सुनखानिले सुनखानि डाँडामा ४ जनाबाट २÷२ रोपनि गरि ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।
सुनकोशी – ५ सुनखानि निबासी बिरबल तामाङ, ईश्वर तामाङ, श्याम तामाङले सुनकोशी गाँउपालिकाको प्रशाशकीय भवन बनाउन जग्गा उपलब्ध गराएका हुन् ।
पालिका भवन सुनखानी बनाउन पर्ने माग सहित पटकपटक कुरा उठाउदै आएको र सुनकोशी ५ को वडा कार्यालयसँगै अति उपयुक्त भएको र आवश्यक परे सुनखानिको वडा भवनको जग्गा पनिसँगै एकै ठाँउमा जग्गा दातासँगै रहेको २ रोपनि १० आना भन्दा माथि पनि थप गर्न सकिने वडा अध्यक्ष जाल बहादुर लामाले बताउनु भयो ।
केही समय अगाडि पुर्व वडा अध्यक्ष कृष्ण बहादुर खड्काको संयोजनमा जग्गा व्यवस्थापन समिति नै गठन गरेर अभियान सुरू गरिएको सुनखानिमा पालिका ल्याउन सबै राजनितीक दलहरू एक रहेको सुनकोशी ५ का काँग्रेस ईकाई सभापति कुमार बस्नेतले बताउनु भयो ।
स्थानिय चुनावमा सुनखानि नै बिचमा पर्ने ठाउँ हो पालिका भवन सुनखानिमा नै बनाउने भनी पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले सुनखानि बासिलाई आश्वासन दिएको र जुनसुकै आधारमा पनि सुनखानि बिचमा परेको स्थानियहरूको भनाई छ ।
