सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका सहित तीन स्थानीय तहले जाजारकोट भुकम्प पिडितलाई ३५ लाख रुपैयाँ सहित १५ सय थान ब्लाङकेट सहयोग हस्तान्तरण उपलब्ध गराएका छन् ।
सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा सहितको समुहले पूर्व घोषित अनुसार सहयोग रकम र थप १५ सय थान तातो ब्ल्याङकेट हस्तान्तरण गरेको हो ।
जाडोको समयमा भुकम्प पिडितका लागि न्यानो कपडा सहयोग गर्न बाह्रबिसे नगरपालिकाका प्रमुख, भोटेकोशी गाउपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष समेत मिलेर जाजारकोट पुग्नुभएको थियो । नेपाली काँग्रेसका जिल्ला सचिव तथा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहाराले त्रिपुरासुन्दरीबाट १० लाख सहीत ३५ लाख र न्यानो कपडा जाजरकोट पुगेर पिडीतलाई थारै भने पनी सहयोग गरेको बताउँदै मानव जिवनमा परिआउँने हरेक समस्याको समधान र पिडीतलाई सहयोग गर्नु मानव सेवा नै धर्म भएको बताउँनुभयो ।
यसैगरी १ नं. क्षेत्रीय सभापती समेत रहनु भएका बाह्र्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले प्रकृति बिपत भनेको जसलाई पनी पर्न सक्छ । त्यो बिपदमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यका साथ बाह्रबिसे नगरपालिकाले बाह्रबिसे नगरपालिकाबाट १५ लाख गरी जम्मा ३५ लाख नगद सहित न्यानो कपडा सहयोग गरेको बताउँनु भयो ।
जाडोको समयमा न्यानो होस भन्ने उदेश्यले भुकम्प स्थलमै पुगेर राहत दिएको उहाँले बताउनुभयो । यसैगरी भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ्ग शेर्पाले जाडोका समयमा न्यानो कपडा समेतको ब्यवस्था गर्नपर्ने भएकोले यो कपडा सहित भोटेकोशी गाउँपालिका बाट १० लाख जाजरकोटमा पुगेर सहयोग गरिएको बताृँनु भयो । गत कार्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प गए लगत्तै बिकासप्रेमी समाजसेवी नेता मोहन बहादुर बस्नेतको निर्देशन भन्दै तिन पालकिा बाह्रबिसे नगरपालिकाले १५ लाख त्रिपुरा सुन्दरी गाँउपालिकाले १० लाख र भोटेकोशी गाँपालिकाले १० लाख आर्थीक सहयोग गर्ने घोषणा गरिएको थियो । सोही घोषणा अनुसार निपालिकाका प्रमुखहरु जजरकोट पुगेर सहयोग गरेको हो ।
