पोलियो रोग विरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण मेलम्चीमा
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकको स्वस्थ रहन पाउने अधिकार सुनिश्चितताका लागि खोप अभियान प्रभावकारी हुने बताउनु भएको छ । बिहिबार मेलम्चीमा आयोजित पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा गोष्ठिमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै प्रमुख तामाङले स्वास्थ्य क्षेत्रमा आएका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको हो ।
कार्यक्रममा जिल्लाका ९ पा लिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख लगायत सहभागी थिए । सिन्धुपाल्चोकमा जेठ १३ बाट पोलियो रोग विरुद्ध आइ पी भी खोप अभियान सुरु हुने जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइले जानकारी दिनुभयो। उहाँले खोप अभियान सफल बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । ३ पालिका मेलम्ची , चौतारा सागाँचोकगढी र भोटेकोसीका लागि कार्यक्रम यस अघि सुनकोशीमा सम्पन्न...
